बर्षौपछि बिराजसंग फिल्म खेल्दैछन आर्यन ।

फाल्गुन ६ ।

आफ्नो डेब्यु फिल्ममा एक्सन स्टार बिराज भट्टसंगै अभिनय गरेका चक्लेटी हिरो आर्यन सिग्देल त्यसपछिका फिल्ममा भने बिराजसंग देखिएनन । रेखा फिल्मसको चलचित्र किस्मत मा संगै काम गरेका बिराज र आर्यन अब लामो समयपछि पुन अर्को फिल्ममा संगै देखिने भएका छन । उनीहरुको यो जोडि भने निर्देशक ऋषि लामिछानेले जुराइदिएका हुन । ऋषिको निर्देशनमा बन्न लागेको नयां फिल्मको नाम भने हालसम्म जुराइएका छैन ।jjaja

बिराज र आर्यनसंग लिखित सम्झौता समेत गरिसकेको फिल्ममा हिरोइनको रुपमा भने प्रियंका कार्कि मौखिक रुपमा फाइनल भैसकेका छन । यसअघि किस्मतमा रेखा थापालाई अपोजिट बनाएर फिल्ममा देखिएका अहिलेका जल्दाबल्दा यी दुई स्टारले यसपटक भने प्रियंका कार्कीसंग रोमान्स गर्नेछन । भोजपुरी फिल्म इन्डष्ट्रीमा टप थ्री मा पर्ने हिरो बिराज भट्ट र नेपालका लभर ब्वाय आर्यन सिग्देल संगै काम गर्न निकै उत्साहित रहेको बताइएको छ  । फिल्म अगामी चैत्र तेस्रो साताभित्रमा फ्लोरमा जानेछ । फिल्मको छयांकन सकिएलगतै निर्देशक लामिछाने भने छविराज ओझा ब्यानरको फिल्ममा ब्यस्त हुनेछ ।

Namaste Filmy

Read Previous

सम्बन्धबिच्छेदपछि एक्लिएका बलिउड हिरो ऋतिकले पाए नया साथी ।

Read Next

Nepali Actress Keki Adhikari