दुर्गिश फिल्म्स् द्धारा 'होस्टल रिटर्न्स' घोषणा । 'लभनम्बर' पोस्टपोण्ड ।

शुसन घिमिरे ।
[dropcap][/dropcap]र्बाधिक सफल सिनेमा ‘सायद’ र ‘होस्टेल’ निर्माण गरेको दुर्गिश फिल्मसले तेस्रो प्रोजेक्ट ‘होस्टेल रिर्टन्स’ को रुपमा निर्माणको घोषणा गरेको छ । निर्मता सुनिल रावल ले आफ्नो फेसबुक स्टाटस मार्फत सो कुराको जानकारी गराएका हुन् । टीनएज ड्रामा जनरामा बन्ने फिल्म होस्टल रिर्टन्स को छायांकन आगामी असोज २१ देखि सुरु हुने भएको छ ।hostel returns-movie सुनिल रावल निर्माता रहेको सिनेमालाई सुरज भुषालले निर्देशन गर्दैछन् । यसअघि म्युट ड्रामा ‘मौन’बाट चर्चा बटुलेका भुषालले सन्तोष लम्साल सँग मिलेर पटकथा लेखेका हुन् । बुटवलमा सुट गरिने फिल्मका सबै कलाकार फाइनल भैसकेका छन् । कलाकारहरुमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीपकुमार चौधरी, इभास जोशी र रमेश श्रेष्ठ लगाएत रहेका छन् । नयाँ बन्ने होस्टल रिर्टन्स अघिल्लो सिनेमा होस्टेलको कथा, पात्र र कलाकार भने दोहोरिएका छैनन् । होस्टेलको जीवनशैली, मित्रता र प्रेमको कथा पेश गर्ने सिनेमामा स्याडोज ब्यान्डका गायक स्वप्नील शर्माको संगीत हुनेछ । चन्द्र पन्तको एक्सन हुने फिल्मको अहिले धमाधम कार्यशाला भैरहेको छ । दुर्गिश फिल्मसले यसअघि निर्माणको घोषणा गरेको सिनेमा ‘लभ नम्बर’को सुटिङ भने पोस्टपोन्ड भएको छ । दुर्गिश फिल्मसको चौंथो प्रोजेक्ट स्वरुप बन्न लागेको फिल्म लभ नम्बर को छायंकन आउँदो जेठ तथा असारमा हुने निर्माता राबल ले जानकारी गराएका छन् ।

Namaste Filmy

Read Previous

लारेनसँग एक रात सेक्स गर्न ४० हजार पाउन्ड ।

Read Next

'निशानी'मा रोमान्स गर्दै प्रशान्त र अनु ।