नायक जीवन लुइँटेल अमेरिकामा सम्मानित (फोटो फिचर )

अमेरिकाको भर्जिनिया फल्स्चर्चमा आयोजित एक कार्यक्रममा नेपालको चलचित्र क्षेत्रका नयाँ पिँढिका चर्चित नायक जीबन लुइटेललाई अन्तरराष्ट्रिय कलाकार मंच, युनाइटेड नेपालका तर्फबाट संयुक्त रुपमा सम्मान गरेको छ  ।
jiwan1अन्तरराष्ट्रिय कलाकार मंचका सल्लाहकार एबम युनाइटेड नेपालका अध्यक्ष सरोज खनाल, अन्तरराष्ट्रिय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनाल, उपाध्यक्ष किरण प्रताप केसी, मँचका केन्द्रिय सदस्य एबम चलचित्र कोरियो ग्राफर नबिन केसी, कलाकार एबम चलचित्र “ठुली”का निर्माता पुस्कर पन्तले नायक लुइँटेल लाई खादा ओढाइ सम्मानपत्रका साथ सम्मान गर्नुभएको थियो । कार्यक्रममा वहाँको सम्मानमा रात्रीभोजको आयोजना गरिएको थियो ।
jiwan3उक्त सम्मान कार्यक्रममा पुस्कर पन्त, अनिल खड्का , किरण प्रताप केसी, रामप्रसाद खनाल, सरोज खनाल, जीबन लुइँटेलले आफ्ना मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन परशु तिमील्सिनाले गर्नुभएको थियो । यस अघी लोमन्स केनेमा घर मा जीबन लुइँटेल द्वारा अभिनित चलचित्र “ठुली” पनि प्रदर्शन गरियो जहाँ डिसी मेट्रो एरियाका नेपालीहरुले जीबन को साथमा चलचित्र हेरेका थिए ।नायक जीवन लुइँटेलले दुई फिल्म काफ्ल पाक्यो र भूल भुलैयाको छायाकंन रोकेर अमेरिकामा सम्मान तथा चलचित्र “ठुली’को बिशेषको प्रदर्शन लागि केहि दिन अघि मात्रै अमेरिका गएका हुन् ।
jiwan
jiwan2

Namaste Filmy

Read Previous

'माइकल ज्याक्सन' बन्न चाहन्छन 'टाइगर श्राफ' ।

Read Next

संगीतकार शम्भुजित बाँस्कोटा बने उपकुलपति ।