गायिका ज्योति मगर सोध्छिन : मेरो स्तनको मुल्य कति ?

jyoti magar [dropcap]के[/dropcap]हि साताअघि एनटिभी प्लस बाट प्रसारण हुने टक शो टि टाइममा एक चर्चित लोकगायिका को अन्तरवार्ता रोकियो । गायिकाले स्तन देखिने गरि पहिरन लगाएको भन्दै उक्त अन्तरवार्ता रोकिएको थियो । त्यसपछि पनि अन्य टिभी ले समेत उक्त गायिकाको अन्तरवार्ता रोकेको समाचारहरु आए । तीनै अन्तरवार्ता रोकिने गायिका ज्योति मगर हुन । मोडलिङ र गायनलाई साथै अघि बढाइरहेकी यी गायिका नेपाल टेलिभिजनसँग निकै रुष्ट छन । अन्तरवार्ता रोकिएपछि उनले दिएको सार्वजनिक अभिब्यक्ति यस्तो छ उनकै शब्दमा :
मिति त मलाई अहिले ठ्याक्कै थाहा भएन । एकदिन नेपाल टेलिभिजनबाट मलाई फोन आयो । तीज भन्दा केही दिनअघिको कुरा हो । त्यहाँबाट विहान प्रशारण हुने ‘टी टाइम’ कार्यक्रममा अन्तर्वाताका लागि आउन आग्रह गरियो । समय मिलेपछि त्यहाँ गएँ । त्यो कार्यक्रममको संचालिका शोभा त्रिपाठी हो उहाँ मेरो असल साथी पनि । मेरो पछिल्लो एल्वम ‘पिरतीमा दम छ’ हो । यसको प्रोमो नेपाल टेलिभिजनबाट बजिरहेको छ । त्यो दिन ५ जनाजति महिला कलाकारहरुको अन्तर्वाता रहेछ । म अलि ढिला पुगेकि थिएँ । तीजको बेला भएकोले तीज बिशेष गर्न खोजिएको रहेछ । ती सवै अन्तर्वाताहरु तीजको सेरोफेरोमा बजाउनु पर्ने थियो । कति तीज भन्दा अघि र कति तीज भन्दा पछि प्रशासरण गर्ने भनिएको थियो ।
तीजको लागि अन्तर्वाता लिने भएपछि म गुन्यौ चोली लगाएर गएकी थिएँ । मेले लगाउने सवै डे«सहरु ग्ल्यामरस झल्किने नै हुन्छन् मलाई मन पर्छ र त्यस्तै लगाउछु । तर नेपाल टेलिभिजनको कार्यक्रम भएकोले मैले ग्राउन या मिनिस्कट नलगाई गुन्यौ चोली लगाएर गएकी थिएँ ।
मेरो कलाकारीताको क्षेत्र लोकदोहोरी हो । कतिपय बेला गितहरु म फ्युजन पनि गर्दछु । तीजको बेला, म लोकदोहोरी गायीका छुट्टै भएर जान्छु भनेर त्यो डे«स लगाएकी थिएँ । गून्यु चोली पटुकी मेरो पहिरन थियो । चोली चाँहि क्लीविज देखिने ओपन थियो । धेरै पनि होइन थोरै । जसरी गाउँमा लगाइन्छ त्यही प्रकारको थियो । त्यो उहाँहरुले अहिले भने जस्तो ग्ल्यामर थिएन । हामीले कुरा सुरु गरयौ, मेरो नयाँ पुरानो सवै गितहरुका बारेमा कुरा गरयौ, कुरा गर्दा त्यस्तो भल्गर पनि थिएन । ठिकै कुरा गरेका थियौ । एक दुुई दिनमा प्रशारण हुन्छ भनेका थिए । ड्रेसले अन्तरवार्ता रोकिनु पर्ने कुनै कारण थिएन ।
कहिले आउँछ फोन गरेर सोध्नु पर्ला जस्तो लागेको थियो । त्यतिकैमा एकसातापछि रामचन्द्र काफ्लेले फोन गर्नु भयो । अन्तर्वाता दिँदा चोलीबाट स्तन देखियो भनेर प्रशारण रोकिएछ के हो भन्नुभयो । त्यो मिडियामा समाचार आएपछि मैले थाहा पाएँ । यदि त्यसो थियो भने पहिले नै अन्तर्वाता लिनु हुदैन्थ्यो । लिइसकेपछि धेरै ग्ल्यामर भएका कारण प्रशारण रोक्यौ भनेर मलाई जानकारी नदिई बाहिर भन्नु हुदैनथ्यो । म निराष पनि भएँ । कार्यक्रम इन्द्र जीसी दाईको हो । उहाँलाई फोन गरे उठाउनु भएन । पछि साथीहरु मार्फत बुझन लगाएँ । कार्यक्रम अलि ग्ल्यामर झल्किने भएका कारण प्रशारण गर्न सकेनौ भनेर जवाफ आयो । गुन्यौ चोलीमा कसरी गल्यामर भयो त्यो मैले थाहा पाउन सकिन रु चोली फराकिलो भएकाले क्लीविज देखिएको हो ।
नेपाल टेलिभिजनमा प्राय धेरै गीत, संगित र चलचित्रका प्रोमोहरु बजिरहेका हुन्छन् । दुई बर्षअघि होला एटिएम चलचित्रको प्रोमो पनि प्रशारण भएको थियो । त्यो प्रोमोमा केटा तल र केटी माथी हुन्छन् तर केटाका हात उसका स्तनमा थिए । त्यो प्रसारण गर्न नेपाल टेलिभिजनलाई कुनै संकोच भएन । अर्को चप्पली हाइट चलचित्रको प्रामोको एउटा डाइलग थियो ‘के तिमिले अहिलेसम्म गरेका छैनौ’ यसबाट के बुभिन्छ रु अन्तमा त्यो डाइलगको अर्थ सेक्ससँग जोडिन्छ ।
मैले यहाँ बुझन नसकेको कुरा के हो भने सामान्य क्लीवेज देखिएकोलाई ग्ल्यामर भयो भनेर रोक्ने तर त्यस्ता प्रोमोहरु नेपाल टेलिभिजनबाट कसरी बजे ? कि पैसा तिरे जे पनि बजाउन पाइने हो ? यदि त्यो हो भने म टेलिभिजनलाई सोध्न चाहन्छु ‘मेरा स्तनको मुल्य कति हो ?’
त्यसपछि फेरी पनि टी टाइमका लागि रिसुट गरयौ भन्नुभएको थियो । मैले जतिबेला मन लाग्यो त्यो बेला रिसुट गर्ने, जतिबेला मन लाग्यो त्यो बेला प्रशारण गर्ने, मन नलागे रोक्ने कुरा प्रति चित्त दुख्यो ।
जतिबेला मेरो अन्र्तवाता लिइदै थियो त्यो बेला सवैले त्यो ड्रेस देखेका थिए । सवैले हुन्छ ठिक छ पनि भनेका थिए । पछि त्यहाँ कार्यरत एक महिलाले रोक्नु भएको भन्ने कुरा मैले थाहा पाएँ ।
ग्ल्यामर तिग्रा देखाएर मात्र हुदैन । मानिसको हेराई र वोलाईबाट पनि ग्ल्यामर हुन्छ । त्यही भएर हाम्रो कानुनले पनि आशय करणीको महल राखेको होला । क्लीविज चोली लगाउँदा ग्ल्यामर हुने आँखा जे पायौ त्यही गर्न पाइन्छ र ?

Namaste Filmy

Read Previous

सेक्स गर्दागर्दै रङगेहात पक्रिइन अर्की भारतीय नायिका ।

Read Next

ह्याप्पी बर्थडे छुल्ठिम एण्ड जीवन ।