ह्याप्पी बर्थडे छुल्ठिम एण्ड जीवन ।

[dropcap][/dropcap]ज भाद्र २५ गते । नेपाली चलचित्र उद्योगमा सफल नायक जीवन लुइटेलको जन्मदिन हो । उनको मात्र हैन चलचित्र ‘नोभेम्वर रेन’ मा ‘डल्ली’ बनेर दर्शकको मनमा बस्न सफल छुल्ठिम गुरुङको पनि जन्मदिन आजै परेको छ ।chhulthim and jiwanजीवन यतिबेला अमेरिकामा छन । उनले अमेरिकामै केहि साथीभाई तथा शुभचिन्तकहरुको साथमा बर्थडे मनाउदैछन । उनी फिल्म ‘ठुली’को प्रिमियरको लागी केहि दिनअघि अमेरिका गएका थिए । बुझिए अनुसार उनी आज नै नेपाल फर्कने कार्यक्रम छ । २०३८ सालमा जन्मिएका जीवन आजैबाट ३४ बर्षमा प्रवेश गरेका छन ।
यता ‘नोभेम्बर रेन’की ‘डल्ली’ले बर्थडेलाई सामन्य रुपमा मनाइन । नमो बुद्ध गुम्बामा आफ्नो संस्कृतिअनुसार पुजा गर्दै उनले बर्थडे सेलेब्रेट गरेकी हुन । उनी आजैबाट २८ बर्षमा प्रवेश गरेकी छिन । फिल्म ‘नोभेम्बर रेन’बाट ठुलो पर्दामा देखिएकी छुल्ठिम यसअघि मोडल र भीजेको रुपमा स्थापित भइसकेकी छिन ।
त्यस्तै आज फिल्म निर्माता मधुकुमार श्रेष्ठले पनि जन्मदिन मनाएका छन । भक्तपुर क्यान्सर अस्पातल पुगेर बिरामीलाई खानेकुरा बितरण गर्दै जन्मदिन मनाएका हुन । आज जन्मदिन पर्नहुने सबैलाई नमस्तेफिल्मी डटकमको तर्फबाट शुभकामना ।

Namaste Filmy

Read Previous

गायिका ज्योति मगर सोध्छिन : मेरो स्तनको मुल्य कति ?

Read Next

जन्मदिनमा अस्पताल पुगे निर्माता मधु कुमार श्रेष्ठ ।