पशुपतिले मलाई जापान पनि यही गाउदा चितोनी युवा परे मख्ख

राजु चौधरी ,चितवन, फाल्गुन ६
चितवन उद्योग संघको आयोजना भरतपुरमा जारी राष्टिय औद्योगिक प्रदर्शनी–२०७० को छैंठौं दिन आज पनि दर्शकको संख्या उल्लेखीय मात्रा रह्यो । प्रदर्शनीमा चर्चित गायक पशुपती शर्माको सांगितिक प्रस्तुतीले दर्शकहरु मख्ख परेका थिए । गायक शर्माले ‘मलाई जापान पनि यही, कोरिया पनि यही’ भन्दै सांगितिक यात्रा सुरुवात गरेपछि दर्शकदिर्घामा हुटिङले प्रदर्शनी स्थलनै गुञ्जायमान बनेको थियो । युवाहरु र वृद्ववृद्वाहरु पनि गायक पशुपतिलाई साथ दिए । उनीहरुले गीतमा नाच्दै गायक पशुपतिलाई हौसाएका थिए । उनले ‘पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ, झम झम दरकियो पानी, एविसि सिडी बढ्दिन भन्दा नि कराई कराई पढ् भने बाले त्यही भएर आई लभ यु भन्न जानियो’लगायतका गीत गाएपछि खचाखर्च भरिएका दर्शकहरु उफ्रिदै नाचे । गायक पशुपतिले आर्धा दर्जनभन्दा बढि गीत गाउदै दर्शकलाई मनोरञ्जन प्रदान गरे । त्यस्तै प्रदर्शनीमा गायिका जमुना जोशीको प्रस्तुतीले पनि दर्शकहरुले खुबै मनोरञ्जन लिए । उनले ‘यति धेरै मान्छेहरुको भिडमा’लगायतका आधा दर्जनजति गीत प्रस्तुत गरे ।
??????????त्यसैगरि हास्यकलाकारद्वय देविराम पराजुली (भोक लाग्यो) र शिवहरी बैरागीको हास्य प्रहसनले दर्शकहरु पेटमिचिमिचि हास्न बाध्य भए । उनीहरुले हास्य प्रहसन मार्फत नया“ सरकार निर्माण भएपनि संविधान निर्माण हुनेमा आशंका व्यक्त गरे । राजनितिलाई व्यङग गर्दा दर्शकहरु निकै बेर हासे । त्यसैगरि प्रदर्शनीमा रत्ननगर कलामन्दिरको सा“स्कृतिक प्रस्तुती रह्यो ।
??????????संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले मौसमले साथ दिएपछि दर्शकको संख्या सन्तोषजनमा कुनै कमी नआएको बताउनुभयो । उहाले दर्शकहरुको उपस्थितिले आफुहरुलाई झनै हौस्याएको बताउनुभयो । उहाले प्रदर्शनीमा अझै दर्शकको संख्यामा वृद्वि हुने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनीका प्रचार–प्रसार समितिका संयोजक राजु पौडेलले केहीदिन पानीले साथ नदिएपछि अहिले घाम लागेदेखि दर्शकहरु ओइरिन थालेको बताउनुभयो । उहाले अब दर्शकको संख्यामा कुनै कमि नआउने बताउनुभयो ।
??????????प्रदर्शनी अन्तरगत भोलीबाट डान्सिङ स्टारका प्रतियोगिहरुको सास्कृतिक प्रस्तुती रहने कला तथा सा“स्कृतिक व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठले जानकारी दिनुभयो । अब डान्सिङ स्टारमा छनौट भएका टप १२ जना प्रतियोगिहरुको नृत्य प्रस्तुती रहने आयोजकले जनाएको छ । डान्सिङ स्टारको पहिलो चरणको नतिजा हिजो बेलुकी सार्वजनिक गरिएको थियो । प्रतियोगितामा सहभागि २५ जना प्रतियोगि मध्ये दोस्रो चरणका लागि १२ जना प्रतियोगि छनौट भएका छन् । प्रदर्शनी अवलोकन गर्ने सर्वसाधारणको टिकटबाट दिइएको भोट र निर्णायकको निर्णयको आधारमा टप १२ छनौट गरिएको कला तथा सा“स्कृतिक व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । टप १२ मा छैनाट हुनेहरुमा कोड नम्बर १५, १३, २२, १०, ८, १६, १४, १८, ४, २१, ६ र १२ रहेका छन् ।
??????????डान्सिङ स्टारमा माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय, कलेजहरुका विद्यार्थीले सहभागिता जनाएका छन् । डान्सिङ स्टारमा एकल नृत्य मात्र प्रस्तुती गर्नेछन् । । डान्सिङ स्टार हुनेले नगद २५ हजार १ सय ५१ रुपैया“, द्वितिय हुनेले नगद १५ हजार १ सय ५१, तृतीय हुनेले नगद ७ हजार १ सय ५१ र सान्त्वना हुनेले नगद ४ हजार १ सय ५१ रुपैया“ पुरस्कार पाउने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

Namaste Filmy

Read Previous

Nepali Actress Rekha Thapa

Read Next

५० वर्षअघिको त्यो बिटल्स् कन्सर्ट