अल्लाहको अपमान गरेको भन्दै सलमान बिरुद्ध उजुरी ।

[dropcap][/dropcap]लिउडका दवंग स्टार सलमान खान पटकपटक विभिन्न विवादमा परिरहन्छन । यसैक्रममा उनी फेरी एक नयाँ विवादमा तानिएका छन । सलमानले एक समुदायको धार्मिक भावनामा आँच पुर्याएकाले उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ । salman khan-inmप्रहरीका अनुसार मोहम्मद असीम मोहम्मद आरिफ नामको एक ब्यक्तिले उनको बिरुद्ध उजुरी दिएको हो । प्रहरीले आइपीसी २९५ ए (धार्मिक भावनामा आँच पुर्याएको) को आधारमा उजुरी दर्ता गरेको छ ।
उजुरीकर्ताका अनुसार सलमानको एनजीओ बिइंग ह्युमन ले मुम्बईको एक फेशन शोका क्रममा अल्लाहलाई अपमान गरेको हो । शो का क्रममा मोडलले लगाएको टिशर्टमा अरबी भाषामा केहि लेखिएको थियो जसले मुस्लिम समुदायमा ठुलो चोट पुर्याएको छ । प्रहरीले यसबारेमा छानवीन गरिरहेको बताइन्छ ।

Namaste Filmy

Read Previous

हेटौडामा ४ दिने चलचित्र पत्रकारीताका कार्यशालाको उद्घाटन

Read Next

एनटिभीको नियमित समाचारमा समेटियो चलचित्र ।