बिराज भट्टलाई फाल्गुन ९ बाट हलहलमा हेर्न पाइने । 'सम्राट' रिलिज हुदै ।

फाल्गुन ७ ।

पछिल्लो समय भोजपुरी फिल्ममा ब्यस्त एक्सन नायक बिराज भट्ट अभिनित फिल्म सम्राट उपत्यकाका हलहरुमा प्रदर्शनमा आउने भएको छ । भोजपुरी भाषा र नेपाली भाषामा निर्मित फिल्मलाई नेपाल बितरणको जिम्मा सुनिल मानन्धरले लिएका हुन ।samratआउदो शुक्रबार उर्फ फाल्गुन ९ बाट प्रदर्शनमा आउने फिल्ममा बिराजको साथमा भोजपुरी नायिका रुवि सिंह को पनि मुख्य भुमिका रहेको छ । योज्ञराज घिमिरे र ओम प्रकाश अग्रवाल निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता सुरज खड्का हुन् । पूर्णतया पारिवारिक एक्शन लभस्टोरी यो सिनेमामालाई लिगेस लिलाधर भट्टराइले निर्देशन गरेका हुन । फिल्म काठमाण्डौका विश्वज्योती, अष्टनारायण, गंगा, कलंकी, गोपिकृष्ण, बारही, सिद्धार्थ लगायतका हलमा प्रदर्शनमा आउनेछ । चलचित्रको वितरक सुनिल मानन्धर हुन् ।

प्रोमो हेर्नुहोस :

Namaste Filmy

Read Previous

५० वर्षअघिको त्यो बिटल्स् कन्सर्ट

Read Next

प्रदर्शनको लागी रेडि भयो 'माया गर ल' ।