नयाँ फिल्ममा ऋतिकको पारिश्रमिक ५० करोड ?

[dropcap][/dropcap]लिउड सुपरहिरो ऋतिक रोशन अब सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बन्ने भएका छन । बताइएअनुसार उनले आफ्नो नयाँ फिल्म ‘मोहनजोडदो’ का लागी ५० करोड पारिश्रमिक लिन सक्नेछन । हाल ऋतिक फिल्म ‘बैंग बैंग’ को प्रमोशनमा ब्यस्त छन । ritikउनले अब छिट्टै ‘मोहनजोडदो’को सुटिङ सुरु गर्ने बताइएको छ । यदि ऋतिकले यस फिल्मका लागी ५० करोड पारिश्रमिक लिएको खण्डमा उनी बलिउडकै सबैभन्दा बढी पारिश्रमिक पाउने अभिनेता बन्नेछन ।

‘मोहनजोडदो’ आशुतोष गोवारिकरको नयाँ फिल्म हो । उनले निकै मिहेनत गरेर फिल्मका लागी ऋतिकलाई मनाएका थिए ।  फिल्ममा ऋतिकसँगै पुजा हेगडेले अनस्किृन रोमान्स गर्नेछन । पुजाको यो डेब्यु फिल्म हुनेछ । फिल्म २२ जनवरी २०१६ मा रिलिज गर्ने लक्ष्य लिइएको छ ।

Namaste Filmy

Read Previous

तामाङ चलचित्र 'मायासे लासी २' को बिशेष शो ।

Read Next

चलचित्र पत्रकारहरुको कार्यशाला फोटो कथामा