प्रदर्शनको लागी रेडि भयो 'माया गर ल' ।

फाल्गुन ७ ।
माया प्रेम र संघर्षका कथा देखाइएको नेपाली कथानक चलचित्र माया गर ल प्रदर्शनको लागी तयार भएको छ । बोगटेश्वर फिल्म प्रोडक्सनको दोस्रो प्रस्तुतिमा रामकेशर बोगटिले निर्माण गरेको  चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन ।maya gara laफिल्मको निर्माताहरुमा मनोज घिमिरे र रविन बोगटी रहेका छन । फिल्ममा मुकेश ढकाल, भुपेन चन्द, सौजन्य सुब्बा, ऋचासिंह ठकुरी लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । शिवम अधिकारीको लेखन, सुरेश अधिकारीको संगीत, शम्भु सापकोटाको छयांकन, रोशन श्रेष्ठको द्धन्द रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन । फिल्मको रिलिज मिति भने तोकिएको छैन ।

Namaste Filmy

Read Previous

बिराज भट्टलाई फाल्गुन ९ बाट हलहलमा हेर्न पाइने । 'सम्राट' रिलिज हुदै ।

Read Next

दीपक खाँडले हिउ परेको मौसमको सदुपयोग गर्दै उत्कृष्ट म्युजिक भिडियो निर्माण गरे ( फोटो फिचर सहित )