

फाल्गुन ७ , बुधबार
चलचित्र निर्माता तथा निर्देशक दीपक खाँड आज भोलि चलचित्र निर्देशक भन्दा पनि म्युजिक भिडियो निर्देशन तथा अभिनयमा व्यस्त हुन थालेको छन् ।केहि समय अघि मात्रै उनले निर्देशन गरेको गीत एक्लो भई बाच्नुभन्दा को म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।
सोहि गीतको चर्चा सकिन नपाउदै अहिले निर्देशक दीपक खांड अरु नया दुइ वटा म्युजिक भिडियो निर्देशन गरेका छन् । साथै अरु २०/ २५ गीतको वटा म्युजिक भिडियो निर्देशन गर्न बाकी रहेको समेत खाँडले नमस्ते फिल्मीलाई जानकारी दिनु भयो ।अहिले देशको विभिन्न ठाउमा हिउ परेको समय मिलाएर निर्देशकले चरीकोटको कालिन्चोकको हिउ परेको ठाउमा गएर नया म्युजिक भिडियो निर्देशन गरेका छन्।
। ” मलाई धेरै माया गर्ने कोइ थियो एउटा ‘ बोलको गीतमा उर्मिला रायमाझी र निरन्जन श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियोमा संगीत सब्द र गायन मनकुमारी सुनारको रहेको छ । तेस्तै खाँडले नै निर्देशन गरेको प्रमोद खरेलको स्वर रहेको “आफ्नै घाटी रेटिएर मर्न पाए हुन्थो मर्ने बेला तिम्रो आखा हेर्न पाए हुन्थो “गीतमा निर्देशक दीपक खांडको साथमा उर्मिला रायमाझीको अभिनय रहेको छ भने शब्द निर्मला गिरि , संगीत बिष्णु तामांगको रहेको छ ।
म्युजिक भिडियो निर्देशन को क्रममा हिउ परि रहेकोले अत्यधिक चिसोले गर्दा मोडल र कमरा प्रसनले काम गर्न नसक्दा दुइ /तीन घण्टा सुटिंग नै रोक्नु परेको थियो । यसरि हिउ परेको मौसम म्युजिक भिडियो निर्माण गरेर एउटा नया खालको दृश्य दिन खोजेका खाँडले हाम्रो जस्तो प्रकितिले धनि देशमा हाम्ले देशमा रहेको राम्रो राम्रो लोकेसनमा नया र फरक तरिकाले फिल्म होश या म्युजिक भिडियो निर्माण गर्दा उत्कृष्ट बन्ने भन्दै आफुले निर्माण गरेका यी म्युजिक भिडियो एकदमै राम्रो बनेको जानकारी दिनु भयो ।

