‘आभास’को गीत सार्वजनिक (भिडियो सहित )

avass1चलचित्र ‘आभास’ को भिडियो गीत सार्वजनिक गरिएको छ ।छेतेन गुरुङको संगीत तथा कमल क्षेत्री र सशी रावलको स्वर रहेको गीतलाई ज्योतिषले दिएको साईत अनुसार मध्यन्ह् १२ बजेर चालिस मिनेट जाँदा बागबजारस्थित एक हलमा सार्वजनिक गरिएको छ । सलोन बस्नेत, संयम पुरी र आस्मा डीसी फिचरिङ गीतले मित्रता, उल्लास र प्रेमको भावना साटेको छ ।
avassसुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘आभास’ लाई गोविन्द शाही, पवन श्रेष्ठ र दिपक शाहीले मिलेर निर्माण गरेका हुन् । ग्लसी पिक्चर्स र क्रियटीभ फिल्मको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा निशा अधिकारी, संयम पुरी , सलोन बस्नेत, आश्मा डिसी ,प्रकृती श्रेष्ठ र रविन्द्र अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । यहि पौष २५ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आभास’ लाई चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको तथा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।
गीत हेर्नुहोश :

Namaste Filmy

Read Previous

कसरी भयो सुमिना र गरिमाको 'रंग वैजनी' ? भिडियो ।

Read Next

दिपिकाको आक्रोश: 'म महिला हु, मेरो स्तन छ, तपाइलाई समस्या ?'