थाहा महोत्सवमा टंकको "ढिँच्याउ ढिँच्याउ"

यति बेला मकवानपुरको पालुङ्गमा कृषि, पर्यटन व्यापार मेला थाहा महोत्सव–२०७१’ चलि रहेको छ । पालुङ्गको इन्द्रायणी चौरमा भएको मेलामा दिनहु हजारौ मान्छे मेला हेर्न मात्रै हैन मेलामा  हुने मनोरञ्जन तथा सांगीतिक माहोलको लागि आउने गरेका छन् ।थाहा महोत्सवको सुरु बाट नै नेपाली चलचित्र क्षेत्रका उदयमान तथा अहिलेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी  उत्तरी मकवानपुरबासीलाई भरपुर मनोरञ्जन प्रदान गरि रहेका छन् ।
tanka1बिशेष गरेर  थाहा महोत्सवमा नै चलि  रहेको  “थाहा आइडल”मा  निर्णायकको भूमिकामा समेत टंक बुढाथोकी  रहेका छन् ।थाहा महोत्सवमा टंकले चलचित्र  ‘हिम्मतवाली’ ” काली तिम्रो नजरले गोली मार्‍यो ढिँच्याउ ढिँच्याउ. “, मलाई पागल बनाउने, ‘किन गाह्रो गाह्रो हुन्छ’ लगायतका अहिलेका हिट गीतको साथमा  मकवानपुरबासीलाई भरपुर मनोरञ्जन प्रदान गरि रहेका छन्  ।टंकले चलचित्र ‘हिम्मतवाली’ ” को गीत “काली तिम्रो नजरले गोली मार्‍यो ढिँच्याउ ढिँच्याउ” गाउदा उपस्थित  सबैले हातले नै ढिँच्याउ ढिँच्याउ गर्दै सगै गीत गएका थिए ।
tanka2
पछिल्लो समय निकै चर्चामा रहेका प्रतिभासाली गायक तथा संगीतकार टंक बुढाथोकिको माग फिल्ममा मात्रै हैन ईस्टेजमा माग समेत बढ्न  थालेको छ  । तेस्तै  थाहा महोत्सव रजिना रिमालले पनि  ‘नाइ नभन्नु ल’, ‘म मर्ने बेला’, ‘तिमीसँग ज्यूने मर्ने चाहना’, ‘जुनको ज्योती’ लगायत चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् । संगीतको तालमा पानीको कुनै परबाह नगरी मेला हेर्न आएका दर्शकहरू भिजेरै नाचेका थिए ।चर्चित हाँस्यब्यंग्यकार सुवोध गौतमले देशका विभिन्न पार्टीका शीर्ष नेताहरुको आवाजहरु निकालेर सबैलाई हँसाएका थिए ।
tanka
तेस्तै थाहा महोत्सव भर्न यहाँ आएकी गायिका तथा संचारकर्मी कोमल ओलीले आफ्नो सांगीतिक जादु उत्तरी मकवानपुरबासी समक्ष प्रस्तुत गरेकी छिन्।ओलीले तुल्सीपपुरमा म जादाँ खेरि भेट भयो गज्जवको तन्नेरी, माया बस्यो मुटुमा मायाको मिठास छुट्टै र पोइल जान पाम गाउँदा अत्यन्तै हुटिङ आएको थियो ।

Namaste Filmy

Read Previous

"अब मेरो जिन्दगीमा सायद खुशी आउने छैन":श्वेता खड्का

Read Next

अशिश्मा, किरणको साथ गायक अभय ढुंगेलको आकाशैमा (भिडियो सहित)