सुनिल थापा अस्पाताल भर्ना । अवस्था सामन्य ।

[dropcap]हि[/dropcap]न्दी फिल्म ‘मेरी कोम’मा अभिनय गरेसँगै सर्वत्र प्रशंसा बटुलिरहेका अभिनेता सुनिल थापा थलिएका छन । उनलाई अचानक ज्वरो आएपछि सोमबार अल्का अस्पातालमा परिक्षण गराइएको थियो । चिकित्सकहरुकै निगरानीमा उपचार र आराम गर्नुपर्ने भएपछि थापा सोही अस्पातालमा भर्ना भएका हुन । sunil thapa_inथापाको अवस्था सामन्य रहेको र अब केहि दिन आराम गर्नुपर्ने चिकित्सकहरुले बताएका छन । आफु विरामी परेको खबर आफ्ना फ्यानहरुलाई थापा स्वयमले फेसबुकमार्फत जानकारी दिए । उनले फेसबुकमा अस्पातालको बेडमै लिइएको तस्वीर शेयर गर्दै विरामी परेको जनाएका हुन ।
नेपाली चलचित्रहरुमा एकसमय एकछत्र राज गरेका थापाले पछिल्लो समय हिन्दी फिल्म ‘मेरी कोम’मा समेत सशक्त अभिनय गरेका थिए । सो फिल्ममा उनको अभिनय र लुक्सलाई सर्बत्र प्रशंसा मिलेको छ ।

Namaste Filmy

Read Previous

जैकी च्यान र अमिताभ बच्चन एउटै फिल्ममा ?

Read Next

‘बिधुवा'को प्रिमियर शोमा एमालेका नेताहरु