पुजा गर्दै 'अझै पनि'को पब्लिसिटी शुभारम्भ ।

[dropcap][/dropcap]लचित्र ‘अझै पनि’ टीमले पुजा–अर्चना गर्दै फिल्मको पब्लिसिटीको लागी शुभारम्भ गरेको छ । मंगलबार चलचित्रको टिमले राजधानीको कमलादिस्थित गणेश मन्दिरमा पुजा गर्दै पब्लिसिटी थालिएको हो ।ajhai pani_movie1सुदर्शन थापा प्रडक्शनको प्रस्तुती तथा पुनम इन्टरटेनमेण्टको ब्यानरमा बनेको ‘अझै पनि’लाई पुनम गौतम र सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
मंगलबार पुजामा सहभागि हुन निर्माता पुनम गौतम, निर्देशक आलोक नेम्वाङ्, कलाकारहरु सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, रामशरण्ँ पाठक, विपना धिमाल लगाएत साथै क्यामेराम्यान राजेश श्रेष्ठ, सह–निर्देशक बसन्त अधिकारी मन्दिर पुगेका थिए । उपस्थित सबैले पुजा गर्दै चलचित्रको सफलताको कामना गरे । ajhai pani_movieप्रचार–प्रसारको पहिलो सामग्री स्वरुप केहि दिनमै फिल्मको गीत सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ ।
चलचित्र सामाजिक कथामा बनेको निर्देशक आलोक नेम्वाङले बताए । ‘चलचित्रले प्रेम कथा मात्र होइन सम्पूर्ण समाज र त्यसभित्रका कथालाई बोल्छ’ नेम्वाङले बताए । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा र सुरक्षा पन्तको मूख्य भूमिका छ । यी कलाकारसगै विजय लामा, बिशाल ढूङगाना, रामशरण्ँ पाठक, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, पुष्प खड्का लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।
चलचित्रमा विशेषत ग्रामिण भेगका दृश्यहरुलाई प्राथमिकता दिईएको छ । राजेश श्रेष्ठले खिचेको ‘अझै पनि’मा संगीत महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटी लगायतले दिएका छन् ।ajhai pani_movie4 ajhai pani_movie3 ajhai pani_movie2

Namaste Filmy

Read Previous

‘हमजाएगा’ को गीत सार्वजनिक । युट्युवमा छोडेको साढे दुई महिना पछि गरियो रिलिज

Read Next

"श्री ५ अम्बरे "लाई पि.जि सर्टिफिकेट