चलचित्र "मिस नेपाल"को च्यारिटी सो हेटौंडामा

राजेन्द्र कार्की, हेटौंडा, फाल्गुन ७ , बुधबार
अत्यधिक चर्चामा रहँदै आइरहेको बहु प्रतिक्षित चलचित्र “मिस नेपाल”की च्यारिटी सो हेटौंडा सम्पन्न भएको छ  । शुभेच्छा इन्टरटेन्टमेन्ट प्रालिको आफ्नै पारिवारीक ब्यानरमा निमार्ण भएको चलचित्रको च्यारिटी सोका लागि चलचित्र मिस नेपालकी नायिका तथा निमात्री शुभेच्छा थापा हेटौंडा आइपुग्नु भएको थियो । आज फागुण ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर उक्त चलचित्र प्रदर्शन गरिएको आयोजक संस्था हेल्प मिडियाका निर्देश कमल कुमार सापकोटाले बताउनु भएको छ । आज एक सो गरिएको च्यारिटीबाट संकलन भएको रकम मकवानपुर जिल्लाका एचआइभी पिंडित बालबालिकाहरुलाई खर्च गरिने पनि निर्देश सापकोटाले बताउनु भएको छ ।
1655331_665592330171840_733153166_oछिटै अल नेपाली रिलिज गरिने तयारी भइरहेको चलचित्रमा शुभेच्छा थापा नायिकाको मुख्य भूमिकामा देखिनु भएको छ । तारा बन्ने सपना धेरैले देखेका हुन्छन्, असली तारा त त्यो हुन्छ जसले समाजमा रहेका अनाथ,असहायहरुको सेवामा आफुलाई सम्र्पण गर्ने अठोट लिएको हुन्छ भन्ने विषयलाइ चलचित्रले उजागर गरेको छ । अर्की नायिका क्षितिजा शाक्यले गलत लहडमा जीवन बिताउँदै गरेको भूमिका निर्वाह गर्नु भएको छ । उहाँको प्रस्तुती जीवन्त र स्वभावीकरुपमा प्रस्तुत गर्न निर्देशक सफल रहेको देखिन्छ । शाक्यलाई बोल्ड चरित्रमा प्रस्तुत गरिएको छ । समग्रमा एक सफल ब्यक्तित्व (वास्तविक मिस नेपाल)बन्नका लागि जीवनमा गर्नु पर्ने संघर्षलाई प्रस्तुत गरिएको छ । नवल नेपालको कथा रहेको चलचित्रमा कल्याण घिमिरे, सुरज सिजापति, सविन श्रेष्ठ, सोनु केसी, नविन श्रेष्ठ, बिमला गिरी, रश्मी भट्ट, पँकज राज जोशी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई सेन्सर बोर्डले पिजी सर्टीफिकेट समेत पदान गरिसकेको छ ।
1890620_665592210171852_2121700618_oच्यारिटी सोमा विभिन्न तह र तप्काका दर्शकहरुको उपस्ति रहेको थियो । २ साय, ५सय र १ हजार शुल्क राखिएको सोमा दर्शकहरुको सन्तोष जनक उपस्थिती रहेको थियो । सो पश्चात दर्शकहरुबाट मिश्रित प्रतिक्रिया प्राप्त भएको छ ः जसलाई संक्षेपमा प्रस्तुत गरिएको छ ।
निमार्ण ब्यावसायी खडग गोपाली ज्यू भन्नु हुन्छ “चलचित्र हेर्ने अवसर पाएँ, चलचित्रले मिस नेपाल बन्न तडकभडकको बाटो भन्दा पनि समाजीक कार्यमा सम्र्पण हुँनु पर्दछ भन्ने सन्देश पाएको मैले बुझेको छ । चलचित्रको भाव असाध्यै राम्रो लाग्यो । चलचित्रको सफलताको लागि शुभकामना दिन चाहन्छु ।”
1911216_665592860171787_1912858961_oसरिता गीरीको प्रतिक्रिया थियो“छोरीलाई हेला होइन, माया गर्नु पर्दछ । एउटा छोरा ले परिवारलाई गर्न नसकेको माया, ममता र भूमि छोरीले पनि निर्वाह गर्न सक्छिन भन्ने नारी संघर्षमा आधारित चलचित्र मलाई धेरै राम्रो लाग्यो । चलचित्र राम्रो छ । सफलताको लागि शुभकामना भन्न चाहन्छु ।”
नारायण अधिकारी भन्नु हुन्छ “नेपाली चलचित्रहरुका धेरै पक्षहरुमा कमीकमजोरी रहेकै हुन्छ, मिस नेपाल चलचित्रको भाव असाध्य राम्रो लाग्यो । सफलताका लागि शुभकामना दिन चाहन्छु ।”
युवा ब्यावसायी दिपक हटुवाललाई पनि समग्रमा चलचित्रको भावका साथै राम्रो लागेको प्रतिक्रिया दिनु भएको छ ।
1926893_1397272147200105_1655533734_n

Namaste Filmy

Read Previous

दीपक खाँडले हिउ परेको मौसमको सदुपयोग गर्दै उत्कृष्ट म्युजिक भिडियो निर्माण गरे ( फोटो फिचर सहित )

Read Next

कान्तिपुरको उत्कृष्ट दशमा परिन रेखा थापा । हरिवंश पनि छानिए ।