आमिरको 'पीके'लाई रिलिजपुर्व नै ८५ करोड ।

[dropcap][/dropcap]लिउड पर्फेक्टनिष्ट आमिर खान अभिनित नयाँ फिल्म ‘पीके’ रिलिज हुनुअघि नै महंगो मुल्यमा बिक्रि भएको छ । बताइएअनुसार फिल्मको स्याटेलाइट अधिकार करिब ८५ करोड भारुमा बिक्रि भएको छ । PK_ poster amir khanजानकारीअनुसार यो डील बलिउडकै हालसम्मको सबैभन्दा महंगो डील हो । अर्थात रिलिज अघि नै यति मोटो रकम बलिउड इतिहासमै ‘पीके’ले पहिलोपटक पाएका हुन । यसअघि शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यु इयर’ले स्याटेलाइट अधिकार बिक्रि गरेबापात ६५ लाख प्राप्त गरेको थियो ।
यति महंगो डील भएसँगै फिल्मका निर्माताले फिल्मले ३०० करोड कलेक्सन सजिलै गर्ने दाबी गरेका छन । यदि साँच्चै यस्तो भएको खण्डमा पीके बलिउड इतिहासमै सबैभन्दा बढि कमाउने फिल्म बन्नेछ ।

Namaste Filmy

Read Previous

'अझै पनि' गीत रिलिज । सुदर्शनलाई हर दिन 'प्रेम दिवस' । भिडियो ।

Read Next

'टाइगर' हेर्न बालबालिकालाई अभिभावक चाहिने ।