'टाइगर' हेर्न बालबालिकालाई अभिभावक चाहिने ।

[dropcap]फि[/dropcap]ल्म ‘टाइगर द रियल हिरो’लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । अर्थात फिल्म हेर्न १६ बर्ष भन्दा मुनिको बालबालिकाहरुलाई अभिभावक चाहिने भएको छ । फिल्ममा समावेश दोहोरो अर्थ लाग्ने संवाद, खतरानाक र डरलाग्दो दृश्यहरु भएकाले फिल्मलाई पि जी सर्टिफिकेट दिइएको हो । tiger the real hero1फिल्मलाई ब्यस्त निर्देशक राजु गिरीले निर्देशन गरेका हुन । शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्ममा शुभेच्छा थापा, सुशान्त कार्की, अशोक फुयाँल, समिक्षा अर्याल लगायतको अभिनय रहेको छ । फिल्मको रिलिज मिति तय हुन बाँकी छ । पछिल्लो समय फिल्मको गीतसँगीत दर्शक तथा स्रोताले रुचाइरहेका छन ।

Namaste Filmy

Read Previous

आमिरको 'पीके'लाई रिलिजपुर्व नै ८५ करोड ।

Read Next

सरिताले थाहा महोत्सवमा धुम मचाईन