सरिताले थाहा महोत्सवमा धुम मचाईन

राजेन्द्र कार्की
थाहा नगरपालिका पालुङ्गमा भएको थाहा महोत्सवको सांगीतिक कार्यक्रममा हेर्दा हेर्दै बोलको गीतबाट निकै नै चर्चा बोटुल्न सफल सरिता प्रजापतिले सोही गीतले धुम मच्चाएकी छिन । निलो गाउनमा चट्क्क बाटेको कपाल हल्लाउँदै हेर्दा हेर्दै गाउँदा उपस्थित दर्शकहरुको मन थामी नसक्नु भई हुट्टीङ्ग गर्दै साथ दिइरहेका थिए । स्टेजमा बसेका पदाधिकारीहरु समेत दर्शकहरुको हुट्टिगंको कदर गर्दै स्टेज मै गायिका सरितासँगै झुम्न बाध्य भएका थिए । यो गीत भरखर सम्पन्न इमेज एवार्ड २०१४को नोमिनेसनमा पर्न सफल रहेको थियो ।
saritaनिकै नै रसली र हँसिली सरिताले बिच बिचमा महोत्सव र दामनपालृुङ्ग रमणिय स्थलको वर्णन गर्दै ठट्यौली पारामा दर्शकहरु सँग मजाक गर्दै जिस्किन्दाँ त झन दर्शकहरुको माहोलमा रौनकता थपिएको थियो । दोस्रो गीत ओ माइ डियर बोलको गीत के गाएकी थिइन । धेरै दर्शकहरको वन्स् मोरले धरै पाइनन् उनले त्यो गीत दर्शकहरुको अनुरोधमा लगातार तिन पट्क सम्म गाउन कर लागेको थियो ।
अत्यन्त रसिक समेत रहेकी सरिताले गाउँठाँउको प्रशंसा मात्र गर्न भ्याइनन्की श्रदेय थाहा प्रणेता रुपचन्द्र बिष्टको समेत गुणगान रथाहा दर्शनको बारेमा बोल्दा माहोल तालिको गडगडाहटले धेरै बेरसम्म रन्केको थियो ।

Namaste Filmy

Read Previous

'टाइगर' हेर्न बालबालिकालाई अभिभावक चाहिने ।

Read Next

बोक्सी प्रथाको कथामा चलचित्र "रक्तभोग" निर्माण हुने । सारिका घिमिरे ठेगनी देबी बन्दै