बोक्सी प्रथाको कथामा चलचित्र "रक्तभोग" निर्माण हुने । सारिका घिमिरे ठेगनी देबी बन्दै

समाजमा घटेका बिभिन्न घटनाहरुलाई नै चलचित्रको ढाँचामा कथा बाद गरी चलचित्र निर्माण गर्ने गरिन्छ । जुन चलचित्रले कसैको मनमा छुन्छ भने कसैले छुन कोसिस मात्र गर्छ ,यस्तै बास्तबिक जीवनमा घटेको एउटा घटनामा आधारित चलचित्र “रक्त भोग निर्माण” हुने भएको छ , आज भन्दा करिब साँढे दूई बर्ष अघि चितवनको माडीमा घटेको एउटा घटना जुन घटनामा ठेगनि देबिले ज्यान गुमाउनु परेको थियो सोहि घटनामा आधारित चलचित्र निर्माण हुने भएको छ । चलचित्रको मुख्य कथा भने बोक्सी प्रथा रहेको थियो । यस चलचित्र नायिका सारिका घिमिरेलाई ठेगनी देबीको भूमिकामा देख्न सकिने भएको छ ।
sarikaगाउँमा एउटा बच्चा मर्दा बोक्सीको आरोप लागेको ठेगनी देबीको मृतु र अहिले उनको परिवारको स्थिति लाई चलचित्रमा देखाईने बताईएको छ । यस चलचित्रमा सारिका घिमिरेको साथमा कलाकार ज्योति सापकोटा,कृष्णराज तिवारी,शैलेश पौडेल,रामचन्द्र लम्साल,रचना पौडेल मुख्य भुमिकामा देखिने भएका छन् । चलचित्र रक्तभोगको सुटिङ्ग असोज ५ गते देखी चितवन माडीमा सुरु हुने कुरा यस चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले जानकारी दिएका छन् । यस चलचित्रका अर्का निर्माता रामचन्द्र लम्साल हुन् । यस चलचित्रलाई वि.वी. फुयालले निर्देशन गर्नेछन् भने यस चलचित्रमा पवन गौतमको छायंकन रहेने छ । चलचित्रको कुल निर्माण खर्च ५० लाख रहेको निर्माण पक्षले बताएको छ ।

Namaste Filmy

Read Previous

सरिताले थाहा महोत्सवमा धुम मचाईन

Read Next

'नो सेक्स प्लीज' बाट डेब्यु गर्दैछिन दिशा पाटनी ।