राजधानीको धेरै जसो हलमा दोश्रो दिनमा नै उत्रियो ‘पुन्टे परेड’ । केहि हलमा “निशानी” पुन प्रदर्शन

शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘पुन्टे परेड’ शनिबार राजधानीको धेरै जस्तो हल बाट उत्रिएको छ। ‘पुन्टे परेड’ रिलिज भएको दिनमा नै चलचित्रको कलेक्सन एकदमै न्युन हुदै हुदै पनि शनिबार समेत चलचित्र प्रदर्शन गर्दा बिहानी सोमा फेरी पनि न्युन दर्शक चलचित्र हेर्न हल सम्म पुगेन मात्रै कि चलचित्र हेरेका धेरै जसो दर्शकले बिचमा नै चलचित्र हेर्न छोडेर निस्किन पुगेका थिए ।
punte n nisaniपटक पटक रिलिज डेट सारिएको चलचित्र ‘पुन्टे परेड’ अन्तत प्रदर्शनमा आए पनि दर्शकले झुर फिल्मको संज्ञा दिएर चलचित्र हेर्न दर्शक हल सम्म नपुग्दा चलचित्र प्रदर्शन भएको दोश्रो दिनमा नै उतार्नु परेको छ ।राजधानीका केहि हलमा चलचित्र ‘पुन्टे परेड’ लाई उतारेर अघिल्लो साता प्रदर्शनमा आएको चलचित्र “निशानी” पुन प्रदर्शन गरिएको छ ।राजधानीको कलंकी ,ललित ,गुण लगायतको हलमा चलचित्र “निशानी” पुन प्रदर्शन गरिएको छ ।
अघिल्लो साता प्रदर्शनमा आएर ठिकैको व्यापार गरेको चलचित्र “निशानी” होल्ड ओवर न पुगेको भन्दै उतारिएको थियो । शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘पुन्टे परेड’ भन्दा  चलचित्र“निशानी” हेर्न  दर्शकको माग बढे पछि “निशानी” पुन प्रदर्शन गरिएको हो ।राजधानीको केहि हलमा ‘पुन्टे परेड’लाई उतारेर केहि समय अघि प्रदर्शनमा आएका चलचित्र “ठुली’ र “यो कथा तिम्रो मेरो’लाई पनि प्रदर्शन गरिएको छ ।
शनिबार चलचित्र ‘पुन्टे परेड’को कलेक्सन र दर्शकको प्रतिक्रिया हेर्दा आईतबार सम्म देशका धेरै जस्तो चलचित्र हलमा चलचित्र ‘पुन्टे परेड’उतार्ने सम्भावना बढेको छ ।सुवास कोइरालाको निर्देशनमा तयार भएको चलचित्र ‘पुन्टे परेड’लाई सुरज कोइराला , अनिल अधिकारी र हरि महतले मिलेर निर्माण गरेका हुन् ।संयम पुरी , एन्जिला दाहाल , निलु डोमा शेर्पा , रबिन्द्र खड्का , गीता अधिकारि , नाजिर हुसेन , सरोज श्रेष्ठ , स्वेता थापा लगायतको अभिनय रहेको यस चलचित्रमा प्रियंका कार्की बिशेष भूमिकामा रहेकी छिन् ।

Namaste Filmy

Read Previous

'नो सेक्स प्लीज' बाट डेब्यु गर्दैछिन दिशा पाटनी ।

Read Next

नायिका 'रिमा बिश्वकर्मा' बलिउड फिल्ममा ?