नायिका 'रिमा बिश्वकर्मा' बलिउड फिल्ममा ?

[dropcap]ने[/dropcap]पाली कलाकारहरु बलिउड उपस्थिति बाक्लिदै गएको छ । मनिषा कोइरालादेखि, उषा पौडेल, सुनिल थापा आदी बलिउडमा पहिचान बनाइसकेका कलाकार हुन । यस्तै नेपालमा मिडिया पर्सन, मोडल हुदै नायिकाको छवि बनाएकी रिमा बिश्वकर्मा पछिल्लो समय बलिउड पुगेकी छिन । बताइएअनुसार रिमालाई निकट भविष्यमा नै बलिउड अभिनेत्रीको रुपमा देखिने सम्भावना छ । Rima biswokarma and manish paulरिमा एक प्रोजेक्टको सिलसिलामा मुम्बई पुगेकी छिन । केहि दिन अघि बलिउड अभिनेता मनिष पौलसँगको तस्वीर फेसबुकमा शेयर गरेपछि मनिषसँगै पर्दामा देखिन लागेकी त होइनन भन्ने अनुमान धेरैले लगायो । तर यसबारेमा कुनै पुष्टि भएको छैन ।
यता रिमा भने आफुलाई अहिले नै केहि पनि नखुलाउने सर्त रहेकाले केहि भन्न नमिल्ने बताउछिन । समय आएपछि सबै सार्वजनिक गर्ने उनको प्रतिबद्धता छ ।
रिमा यसअघि पनि एक पञ्जाबी भिडियोमा देखा परीसकेकी छिन । कुरजीत हुन्जिनको एक गीतमा उनले गायकसँग पर्दामा खुलेरै रोमान्स गरेकी छिन । ‘स्वर’ फिल्मबाट कलिउडमा डेब्यु गरेकी यी हिरोइनले पछिल्लोपटक ‘ऋतु’ मा अभिनय गरेकी थिइन ।

उनी अभिनित पञ्जाबी भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस

Namaste Filmy

Read Previous

राजधानीको धेरै जसो हलमा दोश्रो दिनमा नै उत्रियो ‘पुन्टे परेड’ । केहि हलमा “निशानी” पुन प्रदर्शन

Read Next

सर्यो 'नेफ्टा अवार्ड' । तिहारको छेकोमा कार्यक्रम गरिने ।