कान्तिपुरको उत्कृष्ट दशमा परिन रेखा थापा । हरिवंश पनि छानिए ।

फाल्गुन ७ ।

कान्तिपुर मिडिया ग्रुपले गरेको बर्षको उत्कृष्ट दश ब्यक्तिको सर्वेक्षणमा नायिका रेखा थापा र हरिवंश आचार्य  पर्न सफल भएका छन ।

rekha hariबुधवार अधिकारिक रुपमा प्रकाशित नतिजाअनुसार चलचित्र क्षेत्रबाट नायिका रेखा थापाको नाम उत्कृष्ट दश भित्र अटाइएको छ । केहि साता पहिले कान्तिपुरले हरेक बिधाबाट उत्कृष्ट १० ब्यक्ति छनौटको लागी दश दश जना चर्चित ब्यक्तिहरुको नाम छनौट गरेको थियो जसअनुसार फेसबुक पेजमा प्राप्त लाइकको अधारमा उत्कृष्ट दश ब्यक्तिको छनौट गरिएको हो ।

Nepali Actress Rekha Thapa 2नेपाली चलचित्र क्षेत्रबाट धेरै ब्यक्तिहरुको नाम लाइकको लागी राखिएपनि नायिका रेखा थापाले सवैभन्दा धेरै लाइक पाउन सफल भएकि हुन । नेपाली चलचित्र हिरोबाट आफ्नो अभिनय यात्रा थालेकि रेखाले हालसम्म १५० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन । आफ्नै प्रोडक्सन हाउस रेखा फिल्मस खोलेर कयौ हिट फिल्महरु दिइसकेकी रेखाले करिब दुई बर्षअघि पति छविराज ओझासंग सम्बन्धबिच्छेद गरेकी थिइन । पछिल्लो केहि बर्षयता नेपालकै नम्बर वान हिरोइनको ट्याग भीरेकी नायिका रेखा थापा हाल रेखा फिल्मसकै हिम्मतवाली को काममा ब्यस्त रहेकि छिन ।

Hari-Bansha-Acharya_Kalakar-709x288यस्तै कला बिधाबाट नै उत्कृष्ट दशमा पर्न सफल अर्का ब्यक्ति हुन बरिष्ठ कलाकार हरिवंश आचार्य । केहि बर्ष पहिले आफ्नी जीवन संगीनी गुमाएपछि अर्को विवाह गरेका हरिवंश ले पनि अत्याधिक फेसबुक लाइक पाउन सफल भएका थिए । अर्का बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसंग मिलेर उनले कयौ हास्यप्रधान र चेतनामुलक सामाग्रीहरु निर्माण गरेका छन । उनले केहि समय पहिले आफ्नो जीवनसंस्मरण चिना हराएको मान्छे प्रकाशित गरेका थिए र सो कृतिले अत्यधिक बिक्रीको रेकर्ड कायम गरेको थियो । यसरी अत्यन्त लोकप्रिय ब्यक्तिहरुबाट पनि उत्कृष्ट दशमा पर्ने अन्य ब्यक्तिहरुमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का, नेपाली कांग्रेसका युवा नेता गगन थापा, साहित्यकार झमक घिमिरे लगायतका रहेका छन ।

Namaste Filmy

Read Previous

चलचित्र "मिस नेपाल"को च्यारिटी सो हेटौंडामा

Read Next

दिपाको नयां फिल्मको नाम जुर्यो 'श्री ५ अम्बरे' । कलाकार अडिसनबाट छनौट गरियो ।