केकीलाई अरुको अंगालोमा देख्दा सौगातको सपनाको घर कसरि जल्यो हेर्नुहोश (भिडियो सहित )

मंसिर ५ गते बाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र “श्री ५ अम्बरे”को नया गीत रिलिज गरिएको छ । “आखै अघि जल्यो मेरो सपनाको घर” भन्ने बोलको उक्त गीतमा सौगात मल्ल र केकी अधिकारी को श–सक्त अभिनय देख्न सकिनेछ । चलचित्रको उक्त गीतमा बालकलाकारहरु अविरल अधिकारी र सफोला भट्टराई को अभिनय समेत देख्न सकिनेछ ।
shree 5 ambeशिव परियारको स्वरमा काली प्रसाद वास्कोटाको संगीत रहेका उक्त गीतलाई चलचित्रका लेखक समेत रहेका अभिमन्यू निरवी गीतका रचनाकार हुन ।चलचित्र “श्री ५ अम्बरे”लाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् ।चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदी कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रलाई जिवनसाथी फिल्मस्को व्यानरमा टि. एन. आचार्य र दिपक आचार्य निर्माण गरेका हुन् । चलचित्र “श्री ५ अम्बरे”मा हरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत दिएका छन् । चन्दन दत्तको सम्पादन रहेको यस चलचित्रलाई गणेश श्रेष्ठले छायाँकन गरेका हुन् ।
गीत हेर्नुहोश :

Namaste Filmy

Read Previous

'लिभ इन रिलेशनशीप'को तयारीमा सेलेना र जस्टिन ।

Read Next

प्रियंकालाई निर्देशकले अन्डरवेयर देखाउन भनेपछि ।