दिपाको नयां फिल्मको नाम जुर्यो 'श्री ५ अम्बरे' । कलाकार अडिसनबाट छनौट गरियो ।

फाल्गुन ७ ।

गत बर्ष चलचित्र अन्तराल निर्देशन गरेर चर्चा बटुलेकि निर्देशक दिपा बस्नेत ले निर्देशन गर्ने भनिएको नयां चलचित्रको नाम जुरेको छ । जीवनसाथी फिल्मसको ब्यानरमा तेस्रो चलचित्रका रुपमा बन्न लागेको फिल्मको नाम श्री ५ अम्बरे राखिएको छ । ट्रयु इन्टरट्रेनर्स र जीवनसाथी ब्यानरमा बन्न लागेको फिल्म श्री ५ अम्बरेको लागी कलाकारहरु पनि अडिसनमार्फत छानिएको छ ।

jiwansathiमंगलबार धुम्बाराहि स्थित ट्रयु इन्टरटेन्टमेन्टमा फिल्मको लागी आवश्यक करिब ४० जना कलाकार छनौट गरिएको फिल्मका कास्टिङ डाइरेक्टर जीवनसाथी बस्नेतले बताएका छन । नयां पुराना अधिकांश कलाकारले भाग लिएको अडिसनको लागी लागी केहि दिन अघि नै जीवनसाथी फिल्मसमा सम्पर्क गर्न अव्हान गरिएको थियो । निर्देशक दिपा बस्नेतका अनुसार फिल्मको कथावस्तु र चरित्रलाई न्याय दिनका लागी कलाकारको क्षमता हेरेर छनौट गरिएको बताइन । चलचित्र श्री ५ अम्बरेका निर्माताहरुमा अमृत अग्रवाल र बीबी बस्नेत रहेका छन । चलचित्रको छयांकन अगामी चैत्र १५ बाट थालिने निर्माण युनिटले जनाइएको छ ।

यो पनि पढ्नुहोस :

दिपा बस्नेत नयां फिल्म निर्देशनमा । कलाकारको छनौट गरिदै ।

Namaste Filmy

Read Previous

कान्तिपुरको उत्कृष्ट दशमा परिन रेखा थापा । हरिवंश पनि छानिए ।

Read Next

रेजिना उप्रेतीले कस्दैछिन लगनगांठो । बिहेपछि लण्डन जाने ।