१२ बर्षपछि शाहरुख र एैश्वर्या एकसाथ ।

[dropcap][/dropcap]दि सबै कुरा ठीकठाक भएमा शाहरुख खान र ऐश्वर्या रायको जोडी एकपटक फेरी एकसाथ देखिने भएका छन । उनीहरु १२ बर्षपछि एकसाथ फिल्ममा देखिन लागेका हुन । यसअघि अन्तिमपटक यो जोडीलाई सञ्जयलिला भंसालीको फिल्म ‘देवदास’मा देखिएको थियो । shaharukh and aiswaryaबताइएअनुसार रोहित शेट्टीले शाहरुख खानलाई लिएर नयाँ फिल्म बनाउदैछन, जसको लीड हिरोइनको लागी उनले ऐश्वर्या रायलाई अफर गरेका छन । यसबारेमा ऐश्वर्याबाट कुनै प्रतिक्रिया आएको छैन । यदि ऐश्वर्याले अफर स्वीकारेको खण्डमा एक जामानाको सुपरहिट जोडीले पुन पर्दामा रोमान्स गर्नेछन ।
स्मरण रहोस शाहरुख र ऐश्वर्या पहिलोपटक फिल्म ‘जोश’मा सँगै देखिएका थिए । त्यसयता मोहब्बते, शक्ति, इश्क कमीना लगायत फिल्ममा यो जोडी जमेका थिए ।
ऐश्वर्या विवाहसँगै करिब ४ बर्षपछि फिल्ममा फर्किएकि हुन । उनी इरफान खानसँग फिल्म ‘जज्बा’बाट बलिउडमा कम ब्याक गर्दैछिन ।

Namaste Filmy

Read Previous

बलिउडमा मनीषा पोखरेलको माग बढ्दै

Read Next

गरिमा, दिक्पाल र सुमिनाको 'रंग बैजनी' युनिभर्सल ।