गरिमा, दिक्पाल र सुमिनाको 'रंग बैजनी' युनिभर्सल ।

[dropcap]रि[/dropcap]लिजको लागी तयार चलचित्र ‘रंग बैजनी’लाई चलचित्र जाँच पास समिति सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । सर्टिफिकेट दिइएसँगै अब फिल्मलाई सबै बर्ग र उमेर समुहका दर्शकहरुले हेर्न पाइने भएको छ । Rang baijani_nepali movieफिल्मलाई अनुभवी र पाका निर्देशक शम्भु प्रधान ले निर्देशन गरेका हुन । नुतन प्रधानको निर्माण रहेको फिल्ममा गरिमा पन्त, दिक्पाल कार्की र सुमिना घिमिरेको मुख्य भुमिका रहेको छ ।

दिक्पालको यो नै डेब्यु फिल्म हो । मोडलिङमा नाम कमाइसकेका उनी फिल्ममा पनि पर्फेक्ट रहेको निर्देशक शम्भु प्रधान बताउछन । शशांक प्रधानले खिचेको फिल्ममा दिप प्रधान लगायतको सँगीत छ । फिल्मको रिलिज मिति फाइनल गरिएको छैन । फिल्मको कथा त्रिकोणत्मक प्रेममा आधारित छ ।

Namaste Filmy

Read Previous

१२ बर्षपछि शाहरुख र एैश्वर्या एकसाथ ।

Read Next

श्रीकृष्णको ४५ दिनको तिथिमा स्वेताले के लेखिन ?