रेजिना उप्रेतीले कस्दैछिन लगनगांठो । बिहेपछि लण्डन जाने ।

फाल्गुन ७ ।
एक सय भन्दा बढि फिल्म तथा टेलिफिल्ममा अभिनय गरिसकेकी नायिका रेजिना उप्रेतिले आउदो शनिबार उर्फ फाल्गुन १० गते लगनगांठो कस्दैछिन । पारिवारिक सहमतिमै लण्डन निवासी प्रेमी सुरज पोखरेलसंग रेजिनाको विवाह तय भएको हो ।
2013-01-19-1358583748केहि बर्षदेखि प्रेममा रहेका रेजिनाको विवाह मन्दिरमा सम्पन्न हुने र बिहेभोज मेघा ब्यांकेट कलंकिमा दिइने बुझिएको छ । रेजिनाले पारिवारीक सदस्यका बीचमा विवाह सम्पन्न गरे तापनि बिहे भोज भने सम्पुर्ण फिल्मकर्मी, सञ्चारकर्मीहरुको माझमा भब्य रुपमा दिइने भएको छ । रेजिना विवाहपश्चात करिब १५ दिनपछि आफ्ना पतिसंगै लण्डन जाने बताइएको छ । पछिल्लो समय अभिनय छाडेर ब्युटिपार्लर पेशामा लागेका रेजिनाले विवाहपछि पनि अभिनयलाई निरन्तरता दिने बताएकी छिन । उनका हुनेवाला पति सुरज लण्डनस्थित एक ट्राभल एजेन्सीमा कार्यरत छन ।

Namaste Filmy

Read Previous

दिपाको नयां फिल्मको नाम जुर्यो 'श्री ५ अम्बरे' । कलाकार अडिसनबाट छनौट गरियो ।

Read Next

अष्ट्रेलिया छयांकनको क्रममा चलचित्र ऋतु टीम (फोटो फिचर)