'तीन घुम्ती'मा गरिमा, जीवन र कोशिस ।

पुर्व प्रधानमन्त्री एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइराला उर्फ बिपी कोइरालाको चर्चित कृति  ‘तीन घुम्ती’मा अधारित फिल्म ‘तीन घुम्ती’को लागी कलाकार फाइनल भएको छ । यसअघि नायिका गरिमा पन्त बाहेक अन्य कलाकार फाइन गरिएको थिएन । garima panta, jiwan luitel & kosis chhetriतर अब नायक जीवन लुइटेल र कोसिस क्षेत्री फिल्मको लागी पक्का भएको छ । ठुली लगतै तीन घुम्तीमा गरिमा र जीवन सँगै देखिने भएका हुन । यता कोसिस भने चलचित्र मोक्ष फ्लप भएसँगै खाली नै रहेका थिए ।

आउदो तिहार लगतै छयांकन थालिने फिल्मको निर्देशन बाबुराम ढकालले गर्दैछन । कर्मा प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा सामिप्य तिमिल्सिनाको पटकथा तथा संबाद, बसन्त सापकोटाको सँगीत र कृष्णहरी बरालको गीत रहेका छन ।

Namaste Filmy

Read Previous

'अभियान'ले गर्यो कलाकर्मी लाई सम्मान ।

Read Next

रणवीर र मेरो सम्बन्ध शरिर र आत्माको जस्तै : कैटरिना ।