मुनालको 'इच्छा' माघ २ मा हेर्न पाइने ।

[dropcap]वि[/dropcap]भिन्न प्राविधिक काम भइरहेको नेपाली कथानक चलचित्र ‘इच्छा’को रिलिज मिति तय गरिएको छ । फिल्म अगामी माघ २ गतेबाट अलनेपाल रिलिज हुनेछ । फरक पुस्ताको फरक सोच र चाहनालाई कथाबस्तु बनाइएको फिल्मको हालै डबिङ कार्य सकिएको छ । ichhyaफिल्मलाई मुनाल घिमिरेले निर्देशन गरेका हुन । फिल्ममा दयाहाङ राई, सुवास थापा, दिपशिखा शाही, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकाश पल, आयुष्मा कार्की, रश्मी भट्ट लगायतको अभिनय रहेको छ ।
दाङ, भैरहवा, काठमण्डौ, धुलिखेल लगायतको स्थानमा खिचिएको फिल्म ले युवापुस्ताको प्रेम र अभिभावकको जबरजस्ती ब्यवहारको कथा पेश गर्दछ । फिल्ममा गम्भिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्धन्द तथा प्रकाश घिमिरेको लेखन रहेको छ । रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेल फिल्मका लगानीकर्ताहरु हुन ।

Namaste Filmy

Read Previous

गरिब बिरामीको सहयोगार्थ 'मोक्ष'को च्यारिटी ।

Read Next

शिल्पासँग विवाह गर्ने छविको चाहना ।