'एउटा साथी'को 'खाली थियो मन' । हेर्नुहोस भिडियो ।

[dropcap]प्र[/dropcap]दर्शनको लागी तयार चलचित्र ‘एउटा साथी’को पहिलो गीत रिलिज भएको छ । ‘खाली थियो मन’ बोलको गीत शुक्रबार युटुबमा रिलिज गरिएको हो । गीतमा अनु शाह र जोन तामाङले खुलेर मस्ती गरेका छन । गीतलाई आनन्द कार्की र सुधा रत्न ले गाएका हुन भने टंक बुढाथोकीले सँगीत दिएका हुन । euta-sathi3फिल्म एउटा साथीलाई सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन । उनको यो डेब्यु निर्देशन हो ।
युवापुस्ताको माया प्रेम, रोमान्स र बिछोडलाई कथाबस्तु बनाइएको फिल्ममा राम खनालको लगानी रहेको छ । फिल्ममा सलोन बस्नेत, रिस्ता बस्नेत, अनु शाह, जोन तामाङ, शिशिर भण्डारी लगायतको अभिनय रहेको छ । सुशिल पंगेनीको कथा रहेको फिल्ममा गणेश कुमार श्रेष्ठको छयांकन, राजेन्द्र खडगीको द्धन्द, टंक बुढाथोकिको सँगीत, नूत्य रामजी लामिछानेको रहेको छ ।

Namaste Filmy

Read Previous

शिल्पासँग विवाह गर्ने छविको चाहना ।

Read Next

सडक दुर्घटनाबाट धन्न बचिन शिल्पा शेठ्ठी ।