बोल्नै नजान्ने भाषाको फिल्म खेल्दैछिन झरना ।

[dropcap]ना[/dropcap]यिका झरना थापा पछिल्लो समय बोल्नै नजान्ने भाषाको फिल्ममा अभिनय गर्ने तयारीमा छिन । उनी मैथिली भाषाको फिल्ममा मुख्य भुमिकामा अनुबन्धित भइसकेकी छिन । रोचक कुरा झरनाले मैथिली भाषा बोल्न त के उनी बुझ्न पनि सक्दैनन ।  तर पनि झरना फिल्ममा अभिनय गर्न तयार छिन । उनले ढुक्कसँग भनिन- ‘भाषा आउदैन तर अभिनय गर्न सक्छु ।’jharana_thapa_1712572509-coझरना दुई मैथिली भाषाको फिल्ममा अनुबन्धित भएकी हुन । ‘अपने देश नेपाल’ र ‘माँ का दर्’द मा उनी मुख्य भुमिका मा हुनेछिन ।
झरनाले फिल्मको स्कृप्ट उत्कृष्ट भएकोले काम गर्न लागेको बताइन । यसअघि पनि मैथिली फिल्मबाट अफर आएको बताउदै उनले पहिले चित्तबुझदो बिषयबस्तु नभएकाले काम नगरेको बताइन  ।
मञ्जिता सिने क्रियशनको ब्यानरमा बन्न लागेको फिल्ममा झरनाको अपोजिटमा विजय कामतले अभिनय गर्नेछन । फिल्महरुलाई राजु चौधरीले निर्देशन गर्नेछन । करिब चार महिनामा सबै काम सकाउने लक्ष्य लिइएको फिल्म मोरङ, सुनसरी, सिरहा लगायतको स्थानमा खिचिनेछ । फिल्ममा अन्य थुप्रै स्थानिय कलाकारहरुको पनि अभिनय रहनेछ ।

Namaste Filmy

Read Previous

सडक दुर्घटनाबाट धन्न बचिन शिल्पा शेठ्ठी ।

Read Next

फिल्म पब्लिसिटीका लागी फेशन शोमा 'अझै पनि' ।