चलचित्र “मोडल”को शुभमुहुर्त चितवनमा

राजेन्द्र आचार्य, असोज ११
चितवनमा शनिबार नेपाल कथानक चलचित्र “मोडल”को शुभमुहुर्त गरिएको छ । राजु अधिकारीको कथा एवं निर्देशनमा बन्न लागेको सो फिल्मको शनिबार क्यान्सर अस्पतालको सभा हलमा एक कार्यक्रम गरि चलचित्रका नायक अमिर गौतमले फस्ट सट दिई शुभमुहुत गरिएको छ ।
DSC00619कलाकार मिलन लामा गालेको प्रस्तुती एवं गायक भुवन प्यासी कार्यकारी निर्माता रहेको चलचित्रमा नव नायिकाको रुपमा चितवनकी मोडल बर्षा पौडेल डेब्यू गर्दै छिन् । फिल्म भित्रको फिल्मलाई मुख्य कथावस्तु बनाएर बनाउन लागिएको चलचित्रमा मौनता श्रेष्ठको पटकथा रहेको छ । दिनेश गौतमको संगीत रहेको चलचित्रमा चितवनको ७० प्रतिशत दृश्य र बाकी काठमाडौ र पोखरामा सुटिड्ड गरिने निर्देशक राजु अधिकारीले बताए । चलचित्र निकै फरक उत्कृष्ट हुने उनको दावी छ ।
DSC00639४० लाखको लागतमा निर्माण लागिएको चलचित्रको छायाकंन आगमी दशै पछि गरिने छ भने छायाकारका रुपमा रवि कोईराला रहेका छन् । हरि बराल र योगेश हमाल निर्माता रहेका चलचित्रको शुभमुहुर्त कार्यक्रममा प्रस्तुतकर्ता मिलन लामा सहित निर्देशक राजु अधिकारी, चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष रवि अधिकारी, चलचित्र पत्रकार संघका सचिब गोविन्द अर्याल, मौनता श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
DSC00635

Namaste Filmy

Read Previous

बन्ने भयो चलचित्र 'वास्तव' ।

Read Next

'कोहिनुर'ले ११ वटा हलमा ५१ औं दिन मनायो। वितरकले दिए निर्देशकलाई ५ लाख नगदसहित सम्मान