चर्चित भारतीय अभिनेत्रीलाई ४ बर्ष जेल सजाय ।

Actress Jayalalitha at Premadasu Movie Opening Photos [dropcap]कु[/dropcap]नै समयको चर्चित दक्षिण भारतीय अभिनेत्री जयललिता लाई बैगलोरको एक बिशेष अदालतले ४ बर्षको जेल सजाय सुनाएको छ । १८ बर्ष पुरानो मुद्धाको अन्तिम सुनुवाई गर्दै अदालतले जयललितालाई जेल सजाय सुनाएको हो । अदालतले उनीलाई १०० करोड जरिवाना समेत तीर्न आदेश दिएको छ ।
जयललिता पछिल्लो केहि बर्षयता फिल्म क्षेत्रबाट टाढा थिइन । राजनितिमा स्थापित भएपछि उनी फिल्मबाट अलग्गिएकी थिइन । उनी चारपटक तामिलनाडुको मुख्यमन्त्री बनिसकेकी छिन । उनी मुख्यमन्त्री बनेकै बेला अवैध सम्पति आर्जन गरेको भन्दै उनीमाथी मुद्धा दर्ता भएको थियो । सोही मुद्धामो दोषी साबित भएपछि उनलाई माथी उल्लेखित सजाय सुनाइएको हो । उनले मुख्यमन्त्री रहँदा भ्रष्टाचार गरी अकुत सम्पति कमाएको आरोप उनीमाथी थियो ।
जयललिताले १९६४ मा हिरोइनको करियर सुरु गरेकी थिइन । आमाको प्रेरणामा उनले पहिलोपटक कन्नड भाषाको फिल्म ‘चिन्नडा गोम्बे’ मा अभिनय गरिन । त्यसपछि उनले तामिल फिल्म ‘भेनिरा आडाई’ र तेलुगु फिल्म ‘मनुसुरा मामाथालु’ मा अभिनय गरिन । त्यसयता उनले करिब १३० फिल्ममा अभिनय गरिन ।
उनले बलिउडमा भने एकमात्र फिल्ममा काम गरेकी छिन । धर्मेन्द्रसंग फिल्म ‘इज्जत’मा उनले अभिनय गरेकी थिइन । त्यस्तै उनले विभिन्न फिल्मबाट तीनपटक फिल्मफेयर अवार्डसमेत जितेकी छिन ।
स्मरण रहोस जयललिता तामिल फिल्ममा पहिलोपटक स्कर्ट लगाउने नायिका हुन । उनीभन्दा पहिले तामिल फिल्ममा स्कर्ट लगाउने चलन थिएन ।
उनले १९८० को दशकसम्म दक्षिण भारतीय फिल्म उद्योगमै राज गरेकी थिइन । त्यसयता भने उनी राजनितिमा सक्रिय भइन ।

Namaste Filmy

Read Previous

'कोहिनुर'ले ११ वटा हलमा ५१ औं दिन मनायो। वितरकले दिए निर्देशकलाई ५ लाख नगदसहित सम्मान

Read Next

माया बसेपछि यसरी नाचे सलोन र रिस्ता । भिडियो ।