माया बसेपछि यसरी नाचे सलोन र रिस्ता । भिडियो ।

[dropcap][/dropcap]याँ पुस्ताका चल्तापुर्जा हिरो सलोन बस्नेत र हिरोइन रिस्ता बस्नेत खुलेर नाचेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा सलोन र रिस्ता एक अर्काको मायाको तारिफ गर्दै नाचेका छन । भिडियो नेपाली कथानक चलचित्र ‘एउटा साथी’मा समावेश एक गीतको हो । गीतलाई हालै मात्र युटुबमा सार्वजनिक गरिएको हो ।Euta sathi_nepali movie गीतमा सलोन र रिस्ताले आफ्नो नृत्य कलालाई खुलेर प्रस्तुत गरेका छन । युवराज चौलागाई र सुधा रत्नको स्वर रहेको गीतमा टंक बुढाथोकीको सँगीत रहेको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्देशन रहेको फिल्म रामचन्द्र खनालको लगानीमा निर्माण भएको हो । फिल्ममा सलोन र रिस्ताको अतिरिक्त अनु शाह, जोन तामाङ, शिशिर भण्डारी, लगायतको अभिनय रहेको छ । फिल्मलाई सुमन तण्डुकारले खिचेका हुन । फिल्म आउदो कात्र्तिक १४ गतेबाट अलनेपाल रिलिज हुने तयारीमा छ ।

Namaste Filmy

Read Previous

चर्चित भारतीय अभिनेत्रीलाई ४ बर्ष जेल सजाय ।

Read Next

चितवनमा "रोधीं गुरूङ चलचित्र महोत्सब ०७१" हुने