आठ वर्षे बालक सौगातले निर्देशन गरेको चलचित्रको टिजर, संगीत र पोस्टर सार्वजनिक

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर चलचित्र ‘लभ यू बाबा’को टिजर, संगीत र पोस्टर सार्वजनिक गरिएको छ ।अनामनगरस्थित मण्डला थिएटरमा आयोजित उक्त कार्यक्रममा सौगात निर्देशित चलचित्र ‘लभ यू बाबा’ को पहिलो पोस्टर र टिजरसँगै फिल्मको शिर्ष गीत समेत देखाइयो ।
love u babaआठ वर्षे बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘लभ यू बाबा’ मंसिर २६ रिलिज हुने भएको छ | चलचित्रका निर्देशक सौगात विष्टको नाम  विश्व कीर्तिमान सूचिकृत गर्ने पुस्तक गिनिज बुकमा कान्छो निर्देशकको रुपमा नाम लेखाउने तयारी भैरहेको छ ।सो पत्रकार भेटघाट कार्यक्रममा विश्व कीर्तिमान नेपाल परिषद अध्यक्ष दीपक शर्मा बजगाइँले सम्बोधन गर्दै ‘गिनिज बुकका लागि चाहिने पहल, प्रमाण र सहजीकरणका लागि परिषद सबै सहयोग उपलब्ध गराउन तयार रहेको समेत जानकारी गराउनु भयो ।
love u baba2चलचित्र ‘लभ यू बाबा’ मा सम्झना पोखरेलले निर्माण गर्न लागेकी हुन् ।सम्झना पोखरेल अभिनेता गजित विष्टकि पत्नी हुन् ।चलचित्रमा रोशनी बज्रचार्यको सह-निर्माण रहने छ ।चलचित्रमा गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा लगायत गजित विष्टसँगै छोरी संगम विष्ट पनि मुख्य भूमिका रहनेछ । चलचित्रमा अथिती भूमिकामा भने नायिका अनु शाह र संचारकर्मी सुव्रत आचार्य देखिनेछन् । चलचित्र ‘लभ यू बाबा’स्वरुपराज आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत, गम्भीर बिष्टको पटकथा, संवाद र नृत्य, गजित बिष्टको कथा, चन्द्र पन्तको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन, पि्रतम पाण्डेको सम्पादन रहेको छ । गिनिज बुकमा अहिले भारतका बालकको नाममा कीर्तिमान छ ।
love u baba1
love u baba3

Namaste Filmy

Read Previous

नेपालगञ्जमा 'टाइगर'को च्यारिटी सम्पन्न ।

Read Next

सुन्दर बन्न हप्ताको ५० लाख खर्च गर्छिन रिहाना ।