सुन्दर बन्न हप्ताको ५० लाख खर्च गर्छिन रिहाना ।

ihannaचर्चित हलिउड पप स्टार रिहाना राम्री र सुन्दर देखिनका लागी हरेक हप्ता ३० हजार पाउन्ड अर्थात ५० लाख खर्च गर्छिन । २६ बर्षीय यी सेलिब्रटीले सुन्दर बन्नको लागी छाला विशेषज्ञ, टैनर तथा पर्सनल आइलैश टेक्निसियन को सर्भिस लिन्छिन । यी एक्स्पर्टहरु रिहानासँग हरेक समय उपलब्ध हुन्छन । रिहाना कयौ पटक राती ११ बजे बाहिर निस्कनुभन्दा पहिले यीनै एक्सपर्टहरुलाई बोलाछिन । स्किन टाटनिंग, आक्सीजन फेशियल, फोटो फेशियल लगायतका हार्ड मेकअप गराछिन । अनुहार मात्र नभइ रिहानाले बडिमा पनि ट्रीटमेन्ट गराउने बताइन्छ ।
रिहाना छाला विशेषज्ञलाई हप्तामा ६ हजार पाउन्ड, आइलैश एक्सपर्टलाई हप्तामा ३ हजार पाउन्ड, टैनरलाई दिनमा ५०० पाउन्ड, हेयर स्टाइलिसलाई दैनिक १५०० पाउन्ड र मेकअप आस्र्टिस्टलाई हप्तामा २००० पाउन्ड दिने गर्दछिन ।

Namaste Filmy

Read Previous

आठ वर्षे बालक सौगातले निर्देशन गरेको चलचित्रको टिजर, संगीत र पोस्टर सार्वजनिक

Read Next

'होस्टेल रिटर्न्स' को शुभमुहुर्त सम्पन्न ।