बेलायती निर्देशक मुर्रे केरले नेपाली चलचित्र ‘ताण्डव’ निर्देशन गर्ने (फोट फिचर सहित )

फाल्गुन ७ , बुधबार
चलचित्र ‘वधशाला’ निर्माण गरेका निर्माता मोहन डोटेललको कम्पनी स्म्यासिङ एप्पलले  चलचित्र ‘ताण्डव’ बनाउने भएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर चलचित्र ‘ताण्डव’को निर्माण गर्ने जानकारी दिएको थियो ।
1964490_605488206199777_1747754014_nबेलायती निर्देशक मुर्रे केरको कथा तथा निर्देशन बन्न लागेको चलचित्र ‘ताण्डव’ नम्रता श्रेष्ठ,चर्चित र्‍याप गायक लाहुरे(आशिष राना),अनुप बराल , एलेन गुरुङ,विपिन कार्की, आदिको अभिनय रहेने छ ।आइतबारबाट सुटिंगमा जाने सो चलचित्रमा केहि विदेशी कलाकार समेत अभिनय रहने छ ।
1655325_605488149533116_861460769_nबुद्ध गुरुङको संगीत ,नरेन्द्र मैनालीको  छायांकन रहने चलचित्र “ताण्डव’ काठमाडौं ,भैरहवा लगायतको ठाउमा सुटिङ गरिने छ भने चलचित्रका कास्टिङ डिरेक्टर समेत रहेका ‘ताण्डव’का कलाकार अनुप बरालले चलचित्र ‘ताण्डव “फरक र उत्कृष्ट भन्दै यसमा कथा उठानको नयाँ शैली अपनाइए समेत जानकारी दिनु भयो ।
1621829_600156253386443_50383847_nफुल याक्सन र थ्रीलर रहने चलचित्र ‘ताण्डव’ को कार्यक्रममा बोल्दै अभिनेत्री नम्रता श्रेष्ठले आफुलाई चलचित्रको स्क्रिप्ट एकदमै मन परेकोले सो चलचित्रमा अभिनय गर्न लागेको बताउनु भयो ।
1957524_605488166199781_165936781_n 1903207_605488159533115_1557999425_n 1964426_605488192866445_2080677057_n
 

Namaste Filmy

Read Previous

Shooting of Nepali film Ritu

Read Next

चलचित्र ‘भीमदत्त’को पत्रकार सम्मेलन सेन्सर बोर्ड प्रति अपत्ती