'होस्टेल रिटर्न्स' को शुभमुहुर्त सम्पन्न ।

[dropcap]दु[/dropcap]र्गिस फिल्मको प्रस्तुतिमा बन्ने नयाँ फिल्म ‘होस्टेल रिटर्न्स’ को शुभ मुहुर्त गरिएको छ । सोमबार कमलादीस्थित गणेश मन्दिरमा एक कार्यक्रमका बीच क्ल्याप ठोकेर फिल्मको मुहुर्त गरिएको हो । कार्यक्रममा फिल्मको बारेमा सञ्चारकमीहरुलाई जानकारी पनि दिइएको थियो । hostel-returns-in1सायद र होस्टेलजस्ता सफल सिनेमापछि सुनिल रावल अर्को टीनएज ड्रामा बनाउन तयारीमा लागेका हुन । यसअघि निमाण गरिने भनिएको फिल्म लभ नम्बरलाई स्थगित गर्दै रावल होस्टेल रिटन्र्सको काममा लागेका हुन ।
प्रविधि र मौसमले लभ नम्बर बनाउन साथ नदिएको भन्दै रावलले होस्टेल रिटर्न्सको तयारीमा लागेको बताए । रावलले फिल्मको मुहुर्त गर्दै सबैलाई दशैको शुभकामनासमेत ब्यक्त गरे ।
फिल्मलाई यसअघि मौन निर्देशन गरी राम्रो चर्चा बटुलेका निर्देशक सुरज भुषाल ले निर्देशन गदैृछन । hostel-returns-in2इन्जिनियरिङ र होस्टेल जीवनशैलीको चित्रण गर्ने फिल्ममा अधिकांश नयाँ अनुहार हरु देदिनेछन । सुशिल श्रेष्ठ, सुशिल सिटौला, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, सुदाम सिके, शिव श्रेष्ठ, अभय बराल, रोयदीप श्रेष्ठ, प्रदीप चौधरी, नाजिर हुसेन, दीया मास्के, इभान जोशी र निर्मल शर्मा आदी फिल्मका कलाकार हुन् ।
स्वप्जिल शर्माको सँगीत रहने फिल्मलाई हरि हुमागाइँले सिनेमा खिच्नेछन् । दशैलगतै आउदो असोज २१ देखि फ्लोरमा जाने तयारी फिल्म टोलीको छ । बुटवलमा खिचिने सिनेमालाई २० दिनमा खिचेर सक्ने लक्ष्य राखिएको छ

Namaste Filmy

Read Previous

सुन्दर बन्न हप्ताको ५० लाख खर्च गर्छिन रिहाना ।

Read Next

गायिका इन्दिरा जोशी हलिउडमा । फोटो फिचर ।