आठ वर्षे बालकले निर्देशन गरेको चलचित्रको टिजर हेर्नुहोश ।हिन्दुस्तान टाइम्सले गरे सौगात विष्टको खुलेर प्रशंसा

love u babaआठ वर्षे बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘लभ यू बाबा’को चर्चा अहिले चुलिदै गएको छ । यति सानो उमेरमा चलचित्र निर्देशन गरेर सबैले उनको खुलेर प्रशंसा गरि रहेको बेला भारतीय मिडियाले पनि उनको प्रशंसा गर्न थालेको छ ।
भारतीय मिडिया हिन्दुस्तान टाइम्सले पनि यस्तो लेखेको छ :”फिल्म सेट बालबालिकाको लागि अपरिपक्वजस्तै लाग्छ तर सौगात विष्ट फिल्म सेटमा आफूलाई सहज महसुस गरिरहेजस्तै देखिन्छन् । स्टुडियो र आउटडोरमा उनको पकड प्रशंसनीय छ ।’हिन्दुस्तान टाइम्सले निर्देशक सौगातले आफूलाई अभिनेताको रुपमा स्थापित गरेको भनेर लेखेको छ ।सन् २००६ मा हिन्दि चलचित्र फुटपाथ निर्देशन गरेर भारतका किसन श्रीकान्तको नाममा कान्छो निर्देशकको रुपमा गिनिज बुक लेखिएको छ ।
अब भने यो विश्व कीर्तिमान नेपाली आठ वर्षिय बालक सौगात विष्टको नाममा विश्व कीर्तिमान सूचिकृत गर्ने पुस्तक गिनिज बुकमा कान्छो निर्देशकको रुपमा नाम लेखाउने तयारी भैरहेको छ । आठ वर्षे बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘लभ यू बाबा’ मंसिर २६ रिलिज हुने भएको छ |
साथै आठ वर्षे बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘लभ यू बाबा’ को टिजर युटुबमा रिलिज गरिएको छ ।निर्देशक सौगात विष्टलाई नै देखाईएको सो टिजर हेर्दा पनि यति सानो बालकमा चलचित्र निर्देशक सक्ने खुबी कति छ अनुमान लगाउन सकिन्छ ।
टिजर हेर्नुहोश:

Namaste Filmy

Read Previous

चितवनमा 'बेली डान्स'। युवतीहरु आकर्षित ।

Read Next

‘एउटा साथी’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )