बेल्जियममा दुर्घटना हुनबाट जोगिए नेपाली फिल्म टोली ।

namaste nepal [dropcap]बे[/dropcap]ल्जियमका विभिन्न स्थानमा सुटिङ चलिरहेको नेपाली फिल्म ‘नमस्ते नेपाल’ युनिट आइतबार ठुलो दुर्घटना हुनबाट जोगिन सफल भएका छन । ‘तीब्र गतिमा रहेको कार नियन्त्रणमा लिन नसकेको भए भयंकर दुर्घटना हुने थियो’- कारमा सवार रहेका फिल्मका निर्माता प्रदिप उदयले बताए । २५ बर्षे ड्राइभिङ करियरमै यस्तो डरलाग्दो अनुभव नगरेको निर्माता उदयको भनाई छ ।
कारलाई फिल्मकी नायिका आनाले ड्राइभ गरेकी थिइन । बेल्जियमको एन्तोरपेनमा तिब्र गतिमा कार कुदिरहेको बेला अचानक अगाडीको गाडीले ब्रेक लगाएपछि यस्तो घटना भएको हो । तर बेल्जियम नायिका आनाले उच्च ध्यान पुर्याउदा दुर्घटनाबाट भने जोगियो ।
उक्त कारमा फिल्मका निर्माता उदयसहित नायक सबिन श्रेष्ठ, द्धन्द निर्देशक चन्द्र पन्त, कलाकार गोपाल नेपाल लगायत सवार थिए ।namaste nepal1फिल्म ‘नमस्ते नेपाल’लाई राजु शाहले निर्देशन गरिरहेका छन । फिल्मलाई बेल्जियमको अलवा फ्रान्स, जर्मनी लगायत युरोपका अन्य स्थानमा पनि खिचिनेछ । फिल्मको सुटिङ सकाएर फिल्म युनिट तिहारअगावै नेपाल फर्कने कार्यक्रम छ ।

Namaste Filmy

Read Previous

चैत्र २७ मा 'रेशम फिलीली' । फिल्मको मोशन पोस्टर रिलिज ।

Read Next

क्रिकेटर महेन्द्रसिहं धोनीको जीवनीमा फिल्म बन्ने ।