मिलन लामा र तिलक बम मल्ल प्रदर्शनीमा आउदा सर्वाधिक दर्शकको उपस्थिति

राजु चौधरी ,फाल्गुन ७ , बुधबार
फागुन १ गतदेखि भरतपुरमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० अन्तरगत आज (वुधबार) सातौं दिन अहिले सम्मकै सर्वाधिक दर्शकहरुले प्रदर्शनी अवलोकन गरेका छन् । प्रदर्शनी स्थलमा विहानदेखि बेलुकी सम्म नै दर्शकहरु खचा खच भरिएका थिए । अरु दिनमा भन्दा आज दर्शकहरु प्रदर्शनी स्थलमा खुट्टा राख्न सम्मको ठाउ“ थिएन् । आयोजक उद्योग संघका अध्यक्ष एवं प्रदर्शनी मुल आयोजक समितिका संयोजक कृष्णप्रसाद अधिकारीले आजको दर्शकको उपस्थितिले आगामि दिनमा पनि प्रदर्शनी आयोजनामा थप बल प्रदान गरेको बताउनुभयो । दर्शकको उपस्थिति उत्साह जनक भएपछि खुशी व्यक्त गर्दै संयोजक अधिकारीले अब बा“की रहेका दिनमा पनि यस्तै दर्शकको उपस्थिति रहनेमा विश्वास व्यक्त गर्नुभयो ।
??????????दर्शकले खचा खच भरिएको प्रदर्शनी स्थलमा चर्चित राष्ट्रिय कलाकार, डान्सिङ स्टारका प्रतियोगि र रत्ननगर कलामन्दिरका कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुती रहेको थियो । चर्चित गायक मिलन लामाले ‘पर्यटन वर्ष पारी, घरमा पराल बारीमा बन्सो’लगायतका चर्चित गीत गाएका थिए । उनको प्रस्तुतीमा दर्शकहरु झुमिएका थिए ।
??????????
तिलक बम मल्लले ‘हातमा रुमाल हल्लाई हल्लाई’ लगायतका गीत गाउदा दर्शकहरु उफ्रिएर गायक मल्लाई हौसला प्रदान गरेका थिए । आज हजारौं दर्शकले भरिएकाले पनि माहोल निकै तातेको थियो । डान्सिङ स्टारका प्रतियोगिहरुको प्रस्तुतीले पनि दर्शकहरुले खुबै मनोरञ्जन लिए ।
???????????????????????????????प्रदर्शनी अवलोकन गर्न आएका दर्शकहरुले डान्सिङ स्टारका प्रतियोगिहरुलाई भोटिङ समेत गरेका थिए । प्रदर्शनी अन्तरगत भोली पनि विविध सा“स्कृतिक कार्यक्रम रहने कला तथा सा“स्कृतिक व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठले जानकारी दिनुभयो । भोली पनि राष्ट्रिय कलाकार मिलन लामा, कोमल ओलीको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
??????????

Namaste Filmy

Read Previous

चलचित्र ‘भीमदत्त’को पत्रकार सम्मेलन सेन्सर बोर्ड प्रति अपत्ती

Read Next

निर्देशकले गरे हिरोइन माथी यौन शोषण (भिडियो हेर्नुहोस)