क्रिकेटर महेन्द्रसिहं धोनीको जीवनीमा फिल्म बन्ने ।

[dropcap]वि[/dropcap]श्वकै सर्वाधिक चर्चित क्रिकेटर अर्थात भारतीय क्रिकेट टीमका कप्तान महेन्द्र सिहं धोनीको जीवनीमा आधारित फिल्म बन्ने भएको छ । फिल्मलाई निरज पाण्डेले निर्देशन गर्नेछन । फिल्मको नाम ‘एमएस धोनी-द अनटोल्ड स्टोरी’ राखिएको छ । फिल्ममा धोनीको रोल अभिनेता सुशान्त सिहं राजपुतले निभाउनेछन । ms dhoni_cricketerयसअघि फिल्म निर्माणका लागी बिसीसीआईले अनुमति नदिने बताइएको थियो । धोनीले क्रिकेटबाट सन्यास नलिएसम्म उनको जीवनीमा फिल्म बनाउन नमिल्ने बिसीसीआई ले बताएका थिए । तर एक हप्ता अघि मात्रै धोनीकी पत्नी साक्षीले फिल्मको फस्टलुक आउट गर्दै फिल्म निर्माण को घोषणा गरेकी हुन ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा धोनी स्वयम सहनिर्माता रहने र लगानी गर्ने बताइन्छ । तर यस खबरलाई धोनीको म्यानेजरले गलत बताएका छन ।
‘एम एस धोनी-द अनटोल्ड स्टोरी’ अर्को बर्ष अर्था्त २०१५ मा रिलिज हुनेछ । फिल्मका लागी अन्य कलाकार तथा प्राविधिकहरु छनौट भइरहेको छ । ms dhoni-the unrold story-poster

Namaste Filmy

Read Previous

बेल्जियममा दुर्घटना हुनबाट जोगिए नेपाली फिल्म टोली ।

Read Next

सुटिंगको फोटो र न्युज कभरेज सहित चलचित्र “श्री ५ अम्बरे” को नया गीत रिलिज