सय करोड क्लबमा ऋतिक र कैट्को 'बैंग बैंग' ।

bang-bang-hindi-movie-in [dropcap][/dropcap]न्तत: बलिउड सुपरहिरो ऋतिक रोशन र कैटरिना कैफ स्टारर फिल्म ‘बैंग बैंग’ एक सय करोड क्लबमा प्रवेश गरेका छन । फिल्मले सोमबार सय करोडको आँकडा पार गरेर टोटाल कलेक्सन १०८.८५ करोड पुर्याएको हो । फिल्मले प्रदर्शनको चौथो दिनमा नै सय करोड कमाउने अनुमान गरिएपनि पाँचौ दिनमा मात्रै सय करोड कमाउन सफल भएको हो ।
फिल्मले प्रदर्शनको पहिलो दिन बिहिबार २७.५४ करोड, शुक्रबार २४.०८ करोड, शनिबार २०.१० करोड, आइतबार २२.४१ करोड र सोमबार १४.७२ करोड कलेक्सन गरेको हो । यसरी पाँचौ दिनमा फिल्मको कमाई १०८.८५ करोड पुगेको छ ।
फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन । ऋतिक र कैट को बेजोड रोमान्स र एक्सनले भरिपुर्ण फिल्मलाई नेपालमा पनि रुचाइएको छ ।
यता शाहिद कपुर अभिनित ‘हैदर’ले भने खासै राम्रो कमाई गर्न सकिरहेको छैन । फिल्मले प्रदर्शनको चौथो दिनमा २६.७९ करोड कमाएको रिपोर्ट आएको छ ।

Namaste Filmy

Read Previous

नेपाली फिल्म उद्योगमा 'इद'को रौनक !

Read Next

गौरवमय ५१ औ दिन मनाउदै 'ठुली' ।