हेर्नुहोस आठ बर्षीय बालकले निर्देशन गरेको फिल्मको 'ट्रिजर' । भिडियो ।

[dropcap][/dropcap]ठ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ को दोस्रो अफिसियल ट्रिजर सार्वजनिक गरिएको छ । ट्रिजरमा नायक गजित बिष्ट र बाल कलाकार संगम बिष्टलाई देखाइएको छ । love u baba2मंसिर २६ गते रिलिज मिति तोकिएको फिल्ममा गजित र संगमका अत्रिरिक्त निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्ट भट्ट, निर्मल शर्मा लगायतका अभिनय छ । फिल्ममा अथिती भूमिकामा भने नायिका अनु शाह र संचारकर्मी सुव्रत आचार्य देखिनेछन् । फिल्मले आमाले छाडेकी सन्तानलाई हुर्काउन बाबुले गर्ने संघर्षको कथा देखाउदछ ।
फिल्मलाई निर्देशक सौगात विष्टको आमा सम्झना पोखरेलले निर्माण गरेकी हुन । हाल निर्देशक सौगातको देशविदेशमा चर्चा चुलिदै गएको छ । सानै उमेरमा साहसिक काम गरेकोमा उनको चौतर्फि तारिफ पनि हुने गरेको छ । उनको विश्वकै सबैभन्दा कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी पनि भइरहेको छ ।

Namaste Filmy

Read Previous

बलिउड स्टार आमिर खान काठमण्डौमा ।

Read Next

यसकारण सुटुक्क नेपाल आए आमिर खान । विस्तृतमा ।