यसकारण सुटुक्क नेपाल आए आमिर खान । विस्तृतमा ।

aamir-inमनोज पौडेल, कपिलवस्तु ।

मंगलबार काठमाडौं आइपुगेका चर्चित बलिउड अभिनेता अमिर खान बुधबार कपिलवस्तुमा आउने भएका छन् ।

युनिसेफले संचालन गरेको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी कपिलवस्तु आउन लागेका हुन् । कपिलवस्तुको कपडी हेल्थ पोष्टमा आयोजना गरिएको तथ्यांक प्रस्तुतिकरण कार्यक्रममा उनी सहभागी बन्न लागेका हुन् ।

उनले पकडी ६ सेमरउटीमा आमा समूह र महिला स्वयंसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधी अवलोकन गर्नेछन ।

खानलाई युनिसेफले यहाँ ल्याउन लागेको हो । उनी बुधबार विहान यति एयरको चार्टड जहाजबाट भैरहवा आउने बताइएको छ । भैरहवाबाट गाडीमा यहाँ आउँदा विहानको खाजा कार्यक्रम लुम्बिनीमा राखिएको छ । विहान १० देखि १२ बजे सम्म २ घण्टा कार्यक्रममा सहभागी भई उनी र्फकने कार्यक्रम रहेको छ ।

खान युनिसेफका सदभावना दुत हुन् । युनिसेफका अधिकारी २ दिन देखि पकडीमा बसेर कार्यक्रमको तयारी गरिरहेका छन् । खानको कार्यक्रममा संचारकर्मीलाई प्रबेश नदिन युनिसेफका पदाधिकारीले जिल्ला स्थित सुरक्षा अधिकारीलाई आग्रह गरेका छन् ।

त्यसअनुरुप ब्यवस्था गरिएको सुरक्षा अधिकारीले बताए । खान आउने भएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ । उनलाई हेर्न युवाको ठुलो भीड जम्मा हुने अनुमान छ । ४९ वर्षीय खान बलिउड अभिनेताका रुपमा मात्र चर्चित छैनन् ।

उनले टेलिभिजनमा सञ्चालन गरेको टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’ले प्रशंसा बटुलेको छ । उनी टाईम म्यागेजिनले विश्वको १ सय प्रभावशाली व्यक्तिको सूचीमा पारेपछि उनी भारतमा मात्रै नभई संसारभर चर्चित बनेका थिए ।

साभार: इकान्तिपुर डटकम ।

Namaste Filmy

Read Previous

हेर्नुहोस आठ बर्षीय बालकले निर्देशन गरेको फिल्मको 'ट्रिजर' । भिडियो ।

Read Next

शुभ मुहुर्तसँगै सुरु भयो 'नाइ नभन्नु ल ३' ।