कपिलबस्तु पुगेर आमिरले भने- 'जनचेतना जगाउन नेपाल आएको हुँ' ।

aamir-khan-(4)_050712112227 [dropcap]मं[/dropcap]गलबार दिउँसो नेपाल आएका बलिउड स्टार आमिर खान बुधबार पश्चिम नेपालको कपिलवस्तु पुगे । कडा सुरक्षा घेराका बीच कपिलबस्तु पुगेका उनले त्यहाँस्थित पकडी हेल्थपोष्टमा आधा घन्टा सम्म अवलोकन गरेका थिए । त्यसलगतै उनले त्यहाँका स्थानिय आमा समुहलाई समेत भेट गरेका थिए ।
उक्त भेटघाटका क्रममा बोल्दै आमिरले आफु कुपोषण सम्बन्धी जनचेतना जगाउन नेपाल आएको बताए । उनले भारतमा आफुहरुले कुपोषणबाट बालबालिका बचाउन अभियान नै चलाएको भन्दै नेपालमा पनि त्यस्तो आवश्यक रहेको बताए । नेपालमा पनि कयौ बालबालिका कुपोषणको सिकार भइरहेको उनको भनाई थियो ।
त्यस्तै आमिरले २५ बर्षदेखि आफ्ना शुभचिन्तकले दिएको मायाको कारण समाजसेवामा लाग्न प्रेरित गरेको बताए । हाल चर्चित कार्यक्रम ‘सत्मेव जयते’ सञ्चालन गरिरहेका आमिरले कपिलबस्तुको विकास हुन नसकेको विषयलाई पनि कार्यक्रममा उठाउन पहल गर्ने बताए । स्थानियले आफुहरुको समस्यालाई कार्यक्रममा उठाइदिन आग्रह गरेपछि आमिर सकारात्मक देखिएका हुन ।
आमिरलाई युनिसेफले नेपाल झिकाएको हो । युनिसेफको सदभावना दुतसमेत रहेका आमिर पछिल्लो समय विभिन्न समाजिक सेवाका क्रियाकलापमा पनि सक्रिय छन । उनलाई टाइम म्यागजिनले संसारकै दश शक्तिशाली ब्यक्तिहरुको सुचीमा समेत राखेको थियो ।
आमिर स्वदेश फर्कनेबारे भने केहि खुलाइएको छैन । बुझिएअनुसार उनी बिहिबार स्वदेश फर्कनेछन ।

Namaste Filmy

Read Previous

शुभ मुहुर्तसँगै सुरु भयो 'नाइ नभन्नु ल ३' ।

Read Next

'कैले स्याड फेस कैले ब्याड फेस'। 'तथास्तु' गीत रिलिज ।