राजु गिरीको 'टाइगर' अब फाल्गुन २ मा ।

tiger the real hero [dropcap]रा[/dropcap]जु गिरी निर्देशित फिल्म ‘टाइगर द रियल हिरो’को फाइनल रिलिज मिति तय गरिएको छ । निर्देशक गिरीले दिएको जानकारीअनुसार अब फिल्म फाल्गुन २ गते रिलिज हुनेछ । यसअघि नै फिल्म रिलिज गरिने भनिएपनि विभिन्न कारण रिलिज मिति सारिएको थियो ।
फाल्गुन २ बाट पनि फिल्म सर्ने हो कि भन्ने नमस्ते फिल्मीको जिज्ञासामा निर्देशक गिरीले भने- ‘कसम अब रिलिज मिति सारिन्न ।’ उनले आफु अन्य प्रोजेक्टमा ब्यस्त बन्न लागेकाले फिल्मको रिलिज मिति फाल्गुन पुर्याइएको पनि जानकारी दिए ।
शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्ममा शुभेच्छा थापा, सुशान्त कार्की, अशोक फुयाँल, समिक्षा अर्याल लगायतको अभिनय रहेको छ । पछिल्लो समय फिल्मको गीतसँगीत दर्शक तथा स्रोताले रुचाइरहेका छन ।

Namaste Filmy

Read Previous

कार दुर्घटनामा परिन् हलिउड स्टार जेनिफर लोपेज ।

Read Next

कपिलवस्तु पुगेर आमिर खानले के गरे ? विस्तृतमा ।