राजेशपायल राई को प्रश्न- 'को आमिर खान' ?

rajesh_payal rai [dropcap][/dropcap]र्चित गायक राजेश पायल राई विश्वप्रसिद्ध बलिउड स्टार आमिर खानलाई चिन्दैनन ? अचम्म नमान्नुस राजेशले समाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको एक अभिब्यक्ति हो यो ।
उनले वास्तवमै आमिर खानलाई नचिनेका होइनन । युनिसेफको निमन्त्रणामा नेपाल आएका खानका कारण आयोजकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का प्रति गरिएको उपेक्षामाथीको आक्रोश हो ।
बुधबार होटल याक एण्ड यतिमा युनिसेफको एक भव्य कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा आमिरलाई सम्मान गर्दा पारसलाई अपमान भएको भन्दै एक अनलाइनले समाचार प्रकाशित गरेको थियो । सोहि समाचारलाई आधार बनाएर राजेशले आक्रोशित हुदै फेसबुकमा यस्तो स्टाटस लेखेका हुन ।
पढ्नुहोस राजेशको स्टाटस जस्ताको तस्तै ।

को अमिर खान ???
हाम्रो राष्ट्रको क्रिकेट कप्तान पारस खड्का लाई कुराउने अनी हेप्ने त्यो आयोजक लाई कस्ले अधिकार दियो?तेही अमिर खान होइन जस्ले नेपाली लाई होच्यएर चिसो भनेकेइ कोककोला भन्ने ? अब उस्ले पनि मोदी जस्तई भारत पुगेर बुद्व ईन्डिया मा जन्मेका हुन भन्ने त होलान ..हाम्रो लागि हाम्रो राष्ट्र महान हो अमिर होइन चेतना भया …फिल्म फिल्म हो राष्ट्र र राष्ट्रियता फरक हो इज्जत लिन र दिन सिकूउ जय देस
rajesh status

Namaste Filmy

Read Previous

परिवारसहित नेपाल घुम्न आउछु- आमिर खान ।

Read Next

अभिनेता डा. सिके सिहंले दाइजो नलिई बिहे गर्ने ।