अभिनेता डा. सिके सिहंले दाइजो नलिई बिहे गर्ने ।

[dropcap]चि[/dropcap]कित्सा पेशामा समेत आबद्ध रहेका अभिनेता डा. सिके सिहं ले विहे गर्दा कुनै पनि हालतमा दाइजो नलिने प्रतिबद्धता जनाएका छन । उनले आफु अविवाहित रहेको र बिना दाइजोको विवाह गर्ने खुल्ला प्रतिबद्धता जाहेर गरेका हुन । ck singh_nepali actorशुक्रबार राजधानीमा आयोजित तेश्रो बालिका दिवस तथा बाल विवाह एवं दाइजो उन्मुलन राष्ट्रिय अभियान नेपालको आठौ बार्षिकोत्सवको अवसरमा अभिनेता सिहंले यस्तो बताएका हुन । सिहंले विहे गर्दा दाइजो नलिन अन्य युवाहरुलाई पनि आग्रह गरे ।
डा. सिहं बाल विवाह एवं दाइजो उन्मुलन राष्ट्रिय अभियानका सदभावना दुत हुन । उनीसँगै नायिका गरिमा पन्त यो अभियानमा सामेल छिन ।
नयाँ बानेश्वरमा सम्पन्न कार्यक्रममा नेपालमा दाइजो र बालविवाह अन्त्यका लागी मान्यता परिवर्तन सामग्रीहरु बिमोचन गरिएको थियो । उक्त कार्यक्रममा नायिका शुभेच्छा थापा, कविशा श्रेष्ठ, निर्देशक प्रसन्न पौडल लगायतको पनि सहभागीता रहेको थियो । shuvechha thapa in prgme

Namaste Filmy

Read Previous

राजेशपायल राई को प्रश्न- 'को आमिर खान' ?

Read Next

इन्टरनेटमा सबैभन्दा धेरै खोजियो 'आलिया' ।